Loading...
Loading...
प्रदेश प्रमुखसामु हस्ताक्षर सनाखत गर्दै कांग्रेसका ८ सांसदले भने: आङ्बोको दाबी खारेज गरियोस्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्ता गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुख परशुराम खापुङका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका छन् ।

आफूहरुको हस्ताक्षर लिएर माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो पनि पुगेपछि कांग्रेसका ८ सांसदले आफ्नो हस्ताक्षर सनाखत गराएका हुन् । मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले आफूहरू सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेकाले अन्य कुनै सदस्यले पेस गरेको दाबी झुटो भएकाले खारेज गर्न मागसमेत गरेका छन् । आफूहरूले आङ्बोको समर्थनमा हस्ताक्षर नगरेको बताउँदै उनले उक्त दाबीलाई खारेज गर्न निवेदनसमेत दिएका छन् ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ८ जनाले कार्कीको पक्षमा हस्ताक्षर गरेका छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङले केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।

The post प्रदेश प्रमुखसामु हस्ताक्षर सनाखत गर्दै कांग्रेसका ८ सांसदले भने: आङ्बोको दाबी खारेज गरियोस् appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rS1HXl via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.