भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई सकेसम्म अर्को निर्वाचनमा महागठबन्धन गर्न सुझाव दिएका छन् ।
उनले आगामी निर्वाचनमा महागठबन्धन गरेर सकेसम्म एउटै चुनाव चिन्ह लिनेगरि महासहमति गर्न सुझाव दिएका हुन् । कोशी प्रदेशको सरकार गठनको प्रक्रियालाई लिएर लामिछानेको यस्तो सुझाव आएको हो ।
उनले कांग्रेस, एमाले र माओवादीको उद्देश्य, कार्यशैली र चरित्र एउटै भएको भन्दै सटर चाहीँ किन बेग्लाबेग्लै भनेर प्रश्न सोधेका छन् । उनले फेशबुकमा लेखेका छ्न-
गत उप-निर्वाचनमा मलाई र डा. स्वर्णिमलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको “महागठवन्धन”ले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरि,सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरि “महासहमति” पनि गर्नु होला। ढिला नगरी “महागठबन्धनवादी मोर्चा”को घोषणा सभा बारेपनि सुन्न पाइयोस् । उदेश्य एउटै, कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै भएपछि,सटर चाहिँ किन बेग्लाबेग्लै ??
The post देउवा, ओली र प्रचण्डलाई रविको प्रश्न : ..सटर चाहीँ किन बेग्लाबेग्लै ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/46PeAQN via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

