युवतीहरुले आफुलाई मन पराइदिउन् भन्ने चाहना सबैको हुने भएपछि युवतीहरु खास गुण तथा क्षमता भएका युवकहरुलाई मात्र मन पराउँछन् ।
मनोविज्ञहरुका अनुसार पुरुषको बाह्य आकर्षणका साथै आन्तरिक क्षमता तथा स्वभाव महिलाहरुको छनोटको मुख्य दसी बन्दछ । आखिर केटाहरुमा हुनुपर्ने ती विशेष गुणहरु के के हुन् त जसलाई युवतीहरुले मन पराउँछन् ?
यी हुन् यस्ता युवकहरु जसप्रति युवतीहरु भुतुक्कै हुन्छन् :
१.बुद्धिमान : युवकले कुराकानीमै चाखलाग्दो तथा बौद्धिक रुपमै उत्प्रेरणादायी कुरा गरोस् र युवतीले जनाउने प्रतिक्रिया ध्यान दिएर सुनोस् । सेन्स अफ ह्युमर होस् र बेलाबेलामा हँसाउन सकोस् । दिक्क लाग्ने राजनीतिलाई पनि रोचक रुपमा प्रस्तुत गर्न सकोस् ।
२. आत्मविश्वासी : आफुप्रति पूर्णरुपमा विश्वासी रहेको युवकले युवतीहरुको ध्यान खिच्न सफल हुन्छ । सार्वजनिक रुपमा सकारात्मक हुने र शक्ति तथा नियन्त्रणको क्षमता प्रदर्शन गर्न सक्ने युवकप्रति युवतीहरु विशेष रुपमा लालायित हुन्छन् । अरु पुरुषको सफलता र सौन्दर्यप्रति डाहा नगर्ने तथा गर्लप|mेण्डको अन्य पुरुष साथी तथा सहकर्मीप्रति शंकाको दृष्टिले नहेर्ने युवकहरु विशेष प्राथमिकतामा पर्दछन् ।
३. कलात्मक : यसको अर्थ युवतीले मन पराउनका लागि युवक कुनै कलाकारै हुनुपर्छ भन्ने छैन । तर चञ्चल स्वभावको तथा हरेक कुरालाई सहज लिएर हँसीमजाकमा क्षण कटाउने युवकलाई युवतीहरुले मन पराउँछन् । आफ्नो सिर्जनशीलताले अरुलाई मख्ख पार्नसक्ने, जस्तै आफुले लेखेका कविता, बनाएका चित्र, कथेका चुटि्कला, लेखेका गजल आदि सुनाएर केटीसाथीलाई खुसी पार्न सक्ने युवकहरुलाई प्रेमिकाको खडेरी पर्दैन ।
४. सहयोगी तथा संवेदनायुक्त : अर्काको भावनाको कदर गर्ने, कामलाई सानो नभन्ने, हरेक कुरामा सहयोग गर्ने युवकले युवतीको मन जित्न सक्छ । आफ्ना हरेक समस्या तथा विषयहरुमा कसैले ध्यान दिओस् र सहयोग गरोस् भन्ने चाहना आम युवतीहरुको हुन्छ र सोही आवश्यकतालाई सम्बोधन गर्नसक्ने पुरुषहरु भाग्यमानी बन्दछन् ।
५. स्वतन्त्रताप्रेमी : स-साना कुरामा मतलब नगर्ने, मूडी प्रकृतिको तथा स्वतन्त्र हिसाबले अघि बढ्ने र साहसिक काममा हात हाल्ने युवकहरुले युवतीहरुको मन जित्न सक्छन् । डरपोक, परम्परावादी तथा कञ्जुस युवकहरुले युवतीहरुको मन जित्न सक्दैनन् ।