काठमाडौं । गोकर्णको यज्ञडोल जगडोल सामुदायिक बनमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकको निर्माण घोषणा गरिएको १६औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक)यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या(पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा वृक्षारोपण तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ०६२/६३ को जनआन्दोलन सफल भएसँगै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले पूर्ण लोकतन्त्र स्थापनाका लागि योगदान गर्ने शहीदको सम्झनामा स्मारक बनाउने निर्णय ०६४ जेठ ११ गते गरेको थियो । सरकारले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी जग्गामा निर्माण सुरु गरेको राष्ट्रिय शहीद स्मारकको काम जारी रहेको छ।
तीन वर्षमा विस्तृत परियोजना प्रस्ताव निर्माण गरी २०६७ मा काम सुरु भएको आयोजना २०७० मा सक्ने लक्ष्य राखिएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत सुरु भएको काम सम्पन्नहुन सकेको छैन । स्मारकको निर्माण घोषणा गरिएको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले अहिलेसम्म भएका कामको समीक्षा गरी रोकिएको काम छिटो सम्पन्न गरिनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य कृष्ण राईले स्मारकमा सबै दल राजनीतिभन्दा माथि उठेर काम भए पनि निर्माण व्यवसायीका कारण काम समयमै नसकिएको बताएका थिए । स्मारक निर्माणका काम अलपत्र रहँदा शहीद परिवारले सम्मान पाउन नसकेको अनुभव भएको उनले बताए । उनले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई दलभन्दा माथि उठेर साझा व्यक्तित्वका रुपमा काम गर्नुपर्ने बताए । जनताले पनि निर्वाचित जनप्रतिनिधिले खराब काम गर्लान् कि भनी निरन्तर खबरदारी गरिरहनु पर्नेमा सांसद राईको जोड रहेको थियो । वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले स्मारकको निर्माणका काममा समीक्षा गरी अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपक रिसालले शहीदकै योगदानले स्थानीय तहको संरचना तयार भई स्थानीय सरकार पनि बनेको उल्लेख गर्दै शहीदको सपना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । नगर क्षेत्रका पर्ती जग्गामा राष्ट्रिय फूल लालीगुराँस फुलाउने योजना रहेको बताउदै पर्ती जग्गा मास्न नदिइ खाली डाँडामा लालीगुराँस फुलाउन नगरपालिकाले बजेट विनियोजन गर्ने उनको भनाइ थियो । स्मारक निर्माणस्थलको ६५० रोपनी जग्गामा एउटा नमूना वनभोजस्थल निर्माणका लागि नगरपालिकाले सबै खर्च व्यहोर्ने पनि नगर प्रमुख रिसालले बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वरका पूर्व नगर प्रमुख सन्तोष चालिसेले नवनिर्वाचित नगरपालिकाको समूहले जनताले देख्ने गरी काम गर्न सुझाव दिएका थिए । आफ्नो नेतृत्वको नगरपालिकाले बनाएको कार्यविधि अनुसार नै स्मारकले पुनर्जीवन पाएको उनले सुनाए । शान्ति मन्त्रालय खारेजीसँगै अलपत्र बनेको आयोजनालाई २०७४ सालमा निर्वाचित नगरपालिकाका जनप्रतिनिधिको समूहले अघि बढाएको थियो ।
नगर उपप्रमुख सान्नानी लामाले पटक–पटक सरकार फेरिँदा पनि स्मारकको काममा ढिलाइ भएको भनाइ राखेकी थिइन । उनले ०७० मै सकिने गरी तयारी भएको आयोजना ०८० साल आउन लाग्दा पनि अलपत्र रहनु दुःखद् भएको बताउदै काम छिटो गर्न नगरपालिकाका तर्फबाट सक्दो पहल गर्ने उनको भनाइ थियो । स्मारक उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले शान्ति मन्त्रालयबाट सहरी विकास मन्त्रालयमा पुगेको आयोजनालाई बजेट नदिँदा काम गर्न ढिलाइ भएको बताए । उनले आगामी वर्षका लागि भने रु पाँच करोड बजेट विनियोजन गर्ने गरी तयारी भएको सूचना प्राप्त गरेको सुनाए । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट पनि आगामी वर्ष रु पाँच करोड बजेट वचन पाएको सुनाएका सिग्देलले स्मारक निर्माण क्षेत्रमा युनेस्को ग्रामका लागि रु २४ करोड बजेट माग गरिएको जानकारी गराए ।
कार्यक्रममा शहीद परिवारका सदस्य द्रोण लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार नजित्ने गरी काम गर्न दलका नेता कार्यकर्तालाई सुझाव दिएका थिए । सो अवसरमा हास्य कलाकार श्रीकृष्ण सिम्खडा, सामुदायिक वन उपभोक्ता समूहका सचिव देवी बजगाइँ, स्मारक उद्यान व्यवस्थापन समितिका सचिव राजकुमार केसी लगायतले स्मारकको काम छिटो सम्पन्न गर्न तीनै तहका सरकारकाबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LLsmZK via IFTTT
काठमाडौं । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीचको टकराव सतहमै देखिन थालेको छ । स्थानीय चुनावमा देउवाले गठबन्धनबीच तालमेल गर्दा कोइराला खुलेरै विरोधमा उत्रिए । देउवानिकटस्थहरुले गठबन्धनबीच तालमेलको फाइदा पुगेको निष्कर्ष निकालिरहँदा कोइरालाले भने नोक्शान पुगेको बताए ।
चुनावी समिक्षाका क्रममा देउवा र शेखर निकट नेता कार्यकर्ताले एक अर्काविरुद्ध अन्तर्घातको आरोप समेत लगाउन थालेका छन् । अर्कोतर्फ, भातृ तथा भगिनी संगठनमा विवाद बढेको छ ।
काँग्रेस नजिकका पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ । युनियनका अध्यक्ष बद्री सिग्देल देउवाका विश्वासपात्र हुन् । तर, युनियनको नवौं महाधिवेशन पटक पटक तोक्ने र स्थगित गर्ने गरेको भन्दै शेखर निकट पत्रकारहरुले १३ जेठको विहान ८ बजे छुट्टै भेला डाकेका छन् ।
जेठ १३ र १४ गतेका लागि तोकिएको महाधिवेशन अवैध र अपारदर्शी ढंगबाट स्थगित गर्न खोजिएको भन्दै उपमहासचिव सलोजा दाहालले विज्ञप्ति नै जारी गरेकी छिन् । यो विज्ञप्तिले काँग्रेसनिकट पत्रकारहरुमा खैलाबैला मच्चिएको छ ।
पत्रकारहरुको संगठनबाट काँग्रेसभित्र देउवा र शेखरबीचको टकराव र धाँजा फाटेको उजागर भएको छ । यसको असर काँग्रेसको एकतामा पनि देखिने विश्लेषण हुन थालेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MUBOez via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न आग्रह गरे ।
गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट पारे । गठबन्धनका परिणाम सकारात्मक देखिएको जनाउँदै उहाँले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए । आफ्ना पालिकामा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उनले नवनिर्वाचितलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बागलुङका सभापति जित शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा सरकारका पूर्वमुख्य सचिव डा सोमलाल सुवेदी र पूर्व सचिव बाबुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्नसकिने कामलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sX74BW via IFTTT
काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ । गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,’ मिश्रद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष पदबाट राजीनामा गरे पनि पार्टीको साधारण सदस्य भने रहिरहने प्रतिवद्धता उनले जनाएका छन् ।
विवेकशीलका उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिएको उनले बताएका छन् ।
बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जाने वज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।
‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ मिश्रले विज्ञप्तिमा भनेका छन् ।
गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई उनले विज्ञप्तिमा सम्झेका छन् ।
‘तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु,’ उनले भनेका छन् ।
विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको उनले बताएका छन् । विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म नेपालको रूपान्तरण असम्भव हुने दाबी उनको छ ।
आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको उनले स्मरण गरेका छन् ।
सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।
त्यस्तै उनले सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।
‘पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु,’ मिश्रले भनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3PHCplB via IFTTT
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।
भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् ।
त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।
यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्याउने उनले तेस्रो निर्णय गरेकी छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LEFrE8 via IFTTT
वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
जसअनुसार अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन मात्र बाँकी छ । त्यसमा पनि ११ वटाको मतगणना भइरहेको छ भने दुईवटा तहको गणना नै सुरू भएको छैन ।
जारी मतगणनामा पनि ११ मध्ये ४ तहमा नेपाली कांग्रेसको अग्रता देखिएको छ भने । ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यसपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले १र१ तहमा अग्रता लिइरहेका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता छ ।
अन्तिम मत परिणाम आउन बाँकी रहेका पालिकाहरू :
कांग्रेसको अग्रता भएका तहहरू
१० कटारी नगरपालिका, उदयपुर
२० ललितपुर महानगरपालिका, ललितपुर
३० तिलोत्तमा नगरपालिका, रुपन्देही
४० महाराजगञ्ज नगरपालिका, कपिलवस्तु
एमालेको अग्रता भएका तहहरू
१० गरूडा नगरपालिका, रौतहट
२० पचरौता नगरपालिका, बारा
३० तुलसीपुर उपमहानगरपालिका, दाङ
माओवादी केन्द्रको अग्रता भएका तहहरू
१० फतुवा विजयपुर नगरपालिका, रौतहट
जसपाको अग्रता भएका तहहरू
१० गढीमाई नगरपालिका, रौतहट
नेकपा एसको अग्रता भएका तह
१० पोखरा महानगरपालिका, कास्की
स्वतन्त्रको अग्रता भएका तह
१० काठमाडौं महानगरपालिका, काठमाडौं
गणना सुरू नै नभएका तहहरू
१० त्रियुगा नगरपालिका, उदयपुर
२० बुढीगंगा नगरपालिका, बाजुरा
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MJqIsO via IFTTT
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसाल र उप प्रमुख सान्नानी लामाले सोमबार पदभार ग्रहण गरेका छन । सोमबारनै नगरप्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको समेत शपथ ग्रहण र पदभार भएको छ । वडा अध्यक्ष तथा सदस्यहरुलाई नव निर्वाचित नगर प्रमुख दिपक रिसालले सपथ ग्रहण गराएका थिए ।
नगर प्रमुख दिपक रिसालले गोकर्णेश्वर नगरपालिका वडा नं ४ को विपद व्यवस्थापन अन्तर्गत जोखिमयुक्त रुख कटान गर्न पहल गर्ने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन । पदभार ग्रहणपछि नगरप्रमुख रिसालले सबै राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी गोकर्णेश्वरको साझा विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन । गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसबाट र उपप्रमुखमा एमालेबाट प्रतिनिधित्व गरेका छन् ।
सपथ ग्रहण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिकाकी निर्वाचन अधिकृत लगायत कर्मचारी र नव निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा कर्मचारी भुपेन्द्र बोहोराले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन प्रशासन प्रमुख टंक नाथ घिमिरेले गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38eKFsG via IFTTT
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा हालसम्म एक लाख ३३ हजार ९९३ मत गणना भइसकेको छ । सो मत गणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ ले ४६ हजारभन्दा मत प्राप्त गरि अग्रता कायम गरेका छन् ।
आज १२ बजेसम्मम बालेनले ४६ हजार २१ मत प्राप्त गरेका छन् । २७ हजार ४८३ मतका साथ गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले उनलाई पछ्याइरहेकी छिन् । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित २६ हजार ५१९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार ८० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपप्रमुखमा फराकिलो मतान्तरसहित नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिइरहेकी छिन् । उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ySYasY via IFTTT
भरतपुर। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन्।
उनले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गरेका छन् । महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ ।
भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wL6loi via IFTTT
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को अन्तिम परिणाम प्राप्त भएको पस्चात हुने कार्यपालिकाको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली प्रकाशन गरेको हो ।
कार्यपालिका निर्वाचनका लागि नगरपालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ ।
हेर्नुहोस् को-को छन् मतदाता:
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GaSL1T via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार पुगेको थियो ।
भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LEdrAC via IFTTT
काठमाडौं। निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ ।
आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।
हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेपाल, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् ।
आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितीसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ ।
यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् भने २ पालिकामा अग्रता लिइरहेका छन् ।
जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना चलिरहेकामध्ये ३ पालिकामा जनता समाजवादी पार्टीको उम्मेदवारले अग्रता लिएका छन् ।
नेकपा ९एकीकृत समाजवादी०ले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये दुईवटामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
तोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने ५ वटामा अग्रता लिइरहेका छन् ।
आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना भइरहेकामध्ये तीन पालिकामा अझै स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sORrfw via IFTTT
काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले “सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ” बनाउने कार्यक्रममा पहिलो हस्ताक्षर गरेका छन।
बुढानिलकण्ठ नगर प्रमुख पदको सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै अधिकारीले नगरपालिकाका सडक र धोवीखोला कोरिडोर क्षेत्रमा हरियाली प्रवर्धनका लागि विभिन्न प्रजातिका १० हजार बोट विरुवा वृक्षारोपण र सौन्दर्यिकरणको योजना रहेको फाइलमा हस्ताक्षर गरेका थिए।
बुढानिलकण्ठ नगरपालि उपप्रमुख अनिता लामा , प्रमुख प्रशाशकिय अधिकृत भुवनेश्वर लामिछाने , १३ वटा वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा पहिलो हस्ताक्षर गर्दै “सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ” बनाउने लिखित प्रतिवादत्ता व्यक्त गरेका हुन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LB7Evo via IFTTT
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पत्ति अभिलेखीकरण गर्नुपर्ने बताएका छन् ।
कसको कति सम्पत्ति छ ? के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखीकरण गर्नुपर्ने भन्दै भट्टराईले एकपटक राज्यले सबैबाट सम्पत्ति विवरण खोज्नुपर्ने बताए ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै भट्टराईले व्यक्तिगत सम्पत्तिमा एकपटक कर मिनाहा गर्नेगरी सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताए ।
“एकपटक सबैलाई सम्पत्तिको स्वघोषणा गर्न दिऔँ । एकपटकका लागि त्यसमा कर नलगाउँ तर अभिलेखीकरण गरौँ । व्यक्तिगत सम्पत्तिलाई अभिलेखीकरण गर्न सकियो भने हाम्रो अर्थतन्त्रलाई सुदृढ बनाउन सकिन्छ,” उनले भने ।
त्यस्तै भूमिमा निजी स्वामित्वको अन्त्य गर्नुपर्नेसमेत भट्टराईको धारणा छ । भोगाधिकार व्यक्ति रहे पनि भूमिमाथि राज्य र समुदायको स्वामित्व स्थापना गर्नुपर्ने भट्टराईले जोड दिए ।
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र ठुला पूर्वाधारमा राज्यको दायित्व हुनुपर्नेमा जोड दिँदै उनले कृषि, उद्योग, सेवा र पर्यटन निजी क्षेत्रलाई दिइनुपर्ने बताए । अर्थतन्त्रको विकासमा देखिएको संरचनात्मक समस्या समाधान गर्न क्रान्तिकारी ढंगले सोच्नुपर्ने भन्दै भट्टराईले अबका दशक रुपान्तरणकारी नीति लिनुपर्ने बताए ।
राजनीतिक, प्रशासनिक र कानुनी क्षेत्रमा सुधार गरेर मात्र आर्थिक वृद्धि हासिल गर्न सकिने बताउँदै उनले नेपालको संसदीय प्रणालीले राजनीतिक र नीतिगत स्थिरता नदिने भएकाले यसलाई सच्याएर जानुपर्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3adG7Dx via IFTTT
काठमाडौँ । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसपछि दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ ।
निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिकामध्ये कांग्रेस एक्लैले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ । कांग्रेसले मतपरिणाम सम्पन्न भएकामध्ये ४४.३८ प्रतिशत पालिकामा जित निकालेको छ ।
एमालेले हालसम्म १६४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । यो भनेको मतगणना सकिएका कूल पालिकाको २८.७७ प्रतिशत हो ।
माओवादले हालसम्म १०५ वटा पालिका प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सम्पन्न भएकामध्ये १८.४२ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका पालिकामध्ये २.६३ प्रतिशत हो ।
नेकपा (एकीकृत समाजवादी)ले हालसम्म १२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१० प्रतिशत पालिकामा एकीकृत समाजवादीको उम्मेदवारले जितेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म दुई वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएकामध्ये ०.३५ प्रतिशत पालिकामा लोसपाले जितेको छ ।
हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९ वटामा अन्य तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यो भनेको मतगणना सकिएका पालिकाको ३.३३ प्रतिशत हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3G06mJs via IFTTT
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले निरन्तर अग्रता लिईरहेका छन् । रोचक के छ भने हरेक मतगणनाको परिणाम आउँदा उनले पाएको मत एमालेका उम्मेदवार केशव स्थापितको भन्दा दोब्बर हुने क्रम एकै लयमा छ ।
हालसम्मको ताजा मत परिणाम अनुसार बालेन शाहले २२ हजार बढी मत पाई सकेका छन् । शाहले २२ हजार ८४२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् । नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने १० हजार ९६८ मत पाएकी छन् ।
अहिलेसम्म ५८ हजार ८५० मत गणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौँ महानगरमा कुल खसेको मत १ लाख ८९ हजार ४२० हो । वैशाख ३१ बिहानबाट मतगणना सुरु भएर आजसम्म आईपुग्दा ५ दिन पुरा भईसकेको छ । मत गणनाको पछिल्ल्लो गति अनुसार २४ घण्टामा १५ हजार मतगणना भईरहेको छ । अब काठमाडौँ महानगरको गन्न बाँकी मतनै १ लाख ३० हजार ५७० रहेको छ । यस हिसाव अनुसार अहिलेकै गतिमा मतगणना हुँदै जाने हो भने अझै काठमाडौँको अन्तिम मत परिणाम आउन ८ देखि ९ दिन लाग्ने देखिन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3G0EapB via IFTTT
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारी पुन निर्वाचित भएका छन् र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
ने.क.पा एमाले उम्मेदवार प्रकाश अधिकारी १७४ मत अन्तरले नगरप्रमुखमा विजयी भएका हुन् । अधिकारीले १० हजार ३४० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत पाइन् ।
ने.क.पा. एमालेको काठमाडौं उपत्यका पालिकामा यो पहिलो जित हो ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मुरारी तामाङ १० हजार १३२ मतसहित विजयी हुँदा एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५१८ मत पाइन् ।
एमालेबाट विजयी अधिकारी यसअघि पनि नगरप्रमुख थिए । पराजित थापा २०७४ सालको निर्वाचनमा पनि नगर उपप्रमुखमा पराजित भएकी थिइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wpggRw via IFTTT
काठमाडौं तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उहाले ११९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि उप-प्रमुखमा नेपाली कांग्रेसका उमेदवार श्री सृजना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरि बिजयी भएकी छिन् भने उहाँको निकटतम प्रतिस्पर्धी भवानी डोटेल लाई ८००६ मत प्राप्त भएको थियो छ । तारकेश्वरको ३ वटा वडा बाहेक सबै वडामा नेपाली काँग्रेसले जीतेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wri4JQ via IFTTT
काठमाडौँ। बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठनाराम अधिकारी निर्वाचित भएका छन् । उनले १४ हजार २ सय ५० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी अनिता लामा विजयी भइन् । उनले १४ हजार ३ सय १४ मत प्राप्त गरिन् । उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sKjmgF via IFTTT
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल विजयी भएकी छिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3PqfVpb via IFTTT
काठमाडौं। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना परिणाम अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं.११ मा नेकपा एमालेका राजु अधिकारी विजयी भएका छन्। चार सदस्य नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FYPhQa via IFTTT
काठमाडौं। काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्।
अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् । कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन् । मतगणनाको शुरूवाती चरणदेखि नै अधिकारी र थापाबीच कडा प्रतिष्पर्धा चलिरहेको थियो ।
यस्तै उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन्। योसँगै एमालेले काठमाडौंमा पहिलो नगरपालिका जितेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sH0peX via IFTTT
काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेको प्यानल भारी अन्तरले विजयी भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा विजयी भएका नेकपा एमालेका नवराज भट्टराईले २५८१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डोर प्रसाद आचार्यले १३११ मत प्राप्त गरेका छन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wmsCtG via IFTTT
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै छ ।
बालेन शाहले अहिलेसम्म १० हजार ७९७ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५ हजार ७८७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन्।
पछिल्लो तथ्यांक अनुसार महानगरको उपप्रमुखमा एमाले उमेदवार सुनिता डंगोलले १० हजार ४७७ मत प्राप्त गरेकी छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NkFkio via IFTTT
चितवन। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् ।
पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् ।
एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथले २ हजार ९०५ मत पाएका छन् ।
भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट रेणु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन् ।
उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २५७ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङ ४ हजार ८२२ मतसहित पछ्याइरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yEFQUj via IFTTT
भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतम बुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्धत पुगेको बताएका छन् ।
२५६६औँ बुद्ध जयन्तीको मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरलगायतका भ्रमणले दुवै देशका जनता बीचको सांस्कृतिक समबन्ध थप बलियो भएको बताए । मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, सांस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।
गौतम बुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै सांस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lkeI57 via IFTTT
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल विजयी भएकी छिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Lo7ozQ via IFTTT
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु भएको छैन ।
निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुबीचको छलफलमा मतगणना अघि बढाउने विषयमा सहमति नजुटेपछि पुन मतगणनाका लागि निर्वाचन आयोगमा अनुमति मागिएको छ । निर्वाचन अधिकृत जानुका सुवेदीले पुनः मतगणनाको निवेदन निर्वाचन आयोगमा पठाइएको र आयोगको निर्णय नआउँदासम्मका लागि मतगणना स्थगित भएको बताए ।
निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो ।
वडा नं ४ को मतगणना गर्न थालेपछि केसी र कांग्रेसका प्रतिनिधिले पुनः मतगणनाको माग गरेका हुन् । अन्नपूर्ण–३ मा खसेको मतभन्दा गणना भएको मत सङ्ख्या बढी भएको केसीको भनाइ छ । एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रबार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो ।
पुनः मतगणनाको माग गर्दै कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन अधिकृतको कार्यालय परिसरमा नाराबाजी गरेका थिए । विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानालगायत सुरक्षा अधिकारी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर गएका थिए ।
अन्नपूर्ण–१ मा एमालेका दिलीपकुमार गर्बुजा र २ मा एमालेकै ओमप्रकाश फगामी निर्वाचित भएका थिए । अन्नपूर्णको दुईवटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, कांग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र कांग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yEvqEc via IFTTT
डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् ।
भण्डारी ६७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५४४ मत ल्याए । विजयी भण्डारी कांग्रेस बीपीबाट करुवा चिनाव चिह्न लिएर चुनाव लडेका थिए ।
कांग्रेस डडेल्धुराका पूर्वसभापथि कर्णबहादुर मल्लले विद्रोह गरी कांग्रेस बीपीबाट जिल्लाभर उम्मदेवार उठाएका थिए । एमालेसँग तालमेल गरेका मल्लले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।
प्रधानमन्त्री देउवाको घर गन्यापधुरा गाउँपालिका–१ मा पर्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wby9TV via IFTTT
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मधु तामाङ प्यानलनै विजयी भएको हो ।अध्यक्ष तामाङ संगै वडा सदस्यहरुमा कृष्णहरि श्रेष्ठ सुनिलकुमार गिरि , माया तामाङ र सरस्वती सुनार बिजयी भएका छन।
यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर २ राप्रपाका कृष्ण बहादुर पण्डित क्षेत्री वडा अध्यक्षमा विजयी भएका थिए ।वडा नं २ को मत गणना सकिँदा नगर प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39pASjK via IFTTT
काठमाडौँ । मतदान गर्नेदिन नजिकिँदै जाँदा नेताहरु जित हारको दाउँपेचमा व्यस्त छन् । स्थानीय स्तरको निर्वाचन भए पनि दलका शीर्ष नेताहरुको दौडधुपले गर्दा यसलाई संघीय चुनावको झल्कोको रुपमा लिन सकिन्छ । हुन त संघीय संसद अघि हुन लागेको स्थानीय तहको चुनावमा प्राप्त हुने नतिजाले संघीय नतिजाको एक खालको चित्र देख्न सकिन्छ ।
वैशाख ३० नजिकिँदै गर्दा पाँच दलीय सत्ता गठबन्धन र नेकपा (एमा)ले चुनावी सभाहरुमा व्यस्त छ । पाँच दलीय गठबन्धनले अहिले ओलीलाई देखाएर मत आफ्नो पक्षमा पार्न खोजिरहेको छ भने ओली पाँच दलीय गठबन्धनले मिलेर देश ‘लुट्न’ लागेको भन्दै खबरदारी गरिरहेका छन् ।
सामाजिक सञ्जाल र ती दलहरुले गरिरहेको चुनावी सभालाई हेर्दा बाहलवाला र तीन पूर्वप्रधानमन्त्री सहभागी पाँच दलीय गठबन्धनमाथि ओली एक्लै भारी देखिएका छन् ।
एमालेमा भने ओलीबाहेकका नेताहरु छायाँ जस्तो देखिएको चुनावी सभाहरुमा देखिएको छ।
एक अर्कालाई देखाएर भोट लिने प्रयास
सत्ता गठबन्धन र नेकपा (एमाले)ले स्थानीय स्तरमा गर्ने विकासका योजना भन्दा एक अर्कालाई देखाएर आगामी स्थानीय निर्वाचनमा भोट पाउन खोजेको पाइएको छ । एमालेले गठबन्धनको सत्तो सराप गरिरहेको छ भने पाँच दलका शीर्ष नेताहरुले ओलीलाई गाली गरेर मत बढाउन खोजिरहेका छन् । तर, स्थानीय स्तरको चुनाव भएकाले शीर्ष नेताहरुको भाषणभन्दा पनि स्थानीय स्तरमा रहेका उम्मेदवारहरुलाई हेरेर मत प्रभावित हुने निश्चित छ ।
गठबन्धनभित्रै त्रास
स्थानीय तह निर्वाचनका क्रममा तल्लो तहसम्म गठबन्धन गरेर अघि बढ्ने र सत्ता गठबन्धनका दलहरु बाहेकसँग तालमेल नगर्ने नीति लिएका गठबन्धनका दलहरुले त्यस अनुरुपमा व्यवहार गर्न सकेनन् ।
वडा स्तरसम्म गठबन्धन गर्ने भनिएको भए पनि महानगरमा मात्र गठबन्धन भएको छ । अन्य कतिपय स्थानमा मेयर र उपमेयर तथा प्रमुख र उपप्रमुखका लागि गठबन्धन भए पनि वडा स्तरमा भने दलहरु एक्ला एक्लै वा दुई दल मिलेर चुनावी मैदानमा उत्रिएका देखिएका छन् ।
कतै माओवादी र समाजवादी त कतै कांग्रेस र माओवादीबीच तालमेल भएको छ । गठबन्धन नभएर एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका स्थानमा गठबन्धनका दलहरुबीच झडप र कुटाकुट भएका विवरणहरु आइरहेका छन् ।
भरतपुर, पोखरा महानगरलगायतका स्थानमा कांग्रेसका मतदाताले इमान्दारिताका साथ गठबन्धनका उम्मेदवार विशेषगरी भरतपुरमा माओवादी र पोखरामा एकीकृत समाजवादीलाई मत दिँदैनन् कि भन्ने त्रास ति दलमा देखिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त अनलाइनखबरमा दिएको एक अन्तर्वार्ताका क्रममा कांग्रेसले आफूहरुलाई पुरस्कार दिनु पर्नेमा अहंकार देखाएको बताएसँगै गठबन्धनका दलमा शीर्ष नेताहरुबीचको अविश्वासलाई उजागर गरेको छ । “कतिपय ठाउँमा हाम्रो अवमूल्यन गरिएको छ । हामीलाई उपयोग गर्ने सोच पनि होला । यसले हाम्रो चित्त दुःखेको छ, नराम्रो लागेको छ । तर चित्त दुखाएर बस्ने बेला होइन,” अध्यक्ष नेपालले भनेका छन् ।
आफूहरुको पक्षमा मेयर उपमेयर रहेका पालिका पनि नदिइएकोमा उनको चित्त दुखाइ थियो । “हाम्रो शक्ति त सीधा देखिएको छ । हाम्रो पक्षमा मेयर, उपमेयर भएका पालिकामा पनि हामीलाई दिइएन । नाम चलेको नेताका पछि हजारौं कार्यकर्ता, लाखौं जनता छन्,” उनले भनेका छन् ।
उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कतै भरतपुर महानगरमा पुत्री रेनु दाहाललाई कांग्रेसले मत नदेला भन्ने त्रास रहेको छ । जसले गर्दा रेनुले हार्दा देश दुर्घटनामा पर्ने चेतावनी उनले दिए । चितवनमा आयोजित सभामा उनले भनेका थिए ‘यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो। समृद्धि र विकासको आवश्यकता हो भन्ने तपाईं चितवनबासीलाई लाग्छ र रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १५÷२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ,’ प्रचण्डले भनेका थिए, हाल्नुभएन भने देश नै दुर्घटनामा पर्छ।’
गठबन्धनलाई ओलीले र जनतालाई पाँच दलले देखाएको त्रास
यतिबेला सत्ता गठबन्धन ओलीलाई देखाएर मत बढाउन केन्द्रित देखिएको छ । त्यसका लागि गठबन्धन दलका शीर्ष नेतृत्वले ओलीले फेरि संसद विघटन गर्ने त्रास जनतामा बाढिरहेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं ओलीले जिते फेरि संसद र स्थानीय तह विघटनको खतरा रहेको दाबी गर्दै जनतामा कतै भंग भइहाल्ने हो कि भन्ने त्रास गठबन्धनले दिन खोजिरहेको छ । सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो त्रास देखाएका हुन् ।
‘विरोध गर्नेबित्तिकै संसद विघटन गर्न मिल्छ। संसद विघटन गर्नै पाइँदैन । जबरजस्ती भंग गर्नुभयो । दुई तिहाइ बहुमत आए पनि संसद भंग गरिहाल्ने फिर्ता ल्याए पनि चल्न नदिने प्रवृत्ति छ,’देउवाले भने,‘त्यस कारण एमालेलाई जिताएर के फेरि संसद भंग गर्ने हो र । ओलीजीको पार्टी ल्याउनु भनेको संसद भंग गराउनु हो । त्यस्तो पार्टीलाई सरकारमा फेरि ल्याउनु हुँदैन ।’
उनले यसो भनिरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि ओली त्रास जनतामा देखाइरहेका छन् ।
त्यति मात्र होइन प्रचण्डले गठबन्धनको पक्षमा मत नदिने देश दुर्घटनामा पर्छ भन्दै चेतावनी दिइरहेका छन् । ओलीलाई देखाएर सत्ता गठबन्धनले भोट बढाउन खोजिरहँदा ओलीले गठबन्धनलाई त्रास देखाएका छन् ।
गठबन्धन र विशेष गरि प्रचण्ड माधवमाथि खनिने गरेका ओलीले पछिल्ला दिनमा गठबन्धनको भविष्य असार १७ गते देखिने भन्दै नयाँ तुरुप फालेका छन् जसले गठबन्धनका दललाई झस्काएको छ । उनले उक्त मितिलाई जोड दिइरहेका छन् तर त्यसलाई ज्योतिषशास्त्रसँग जोडेर ।
जे काम पनि ज्योतिषिलाई हेराएर प्रधानमन्त्री देउवाले काम गर्ने गरेको भन्दै उनले उक्त तिथी मितिबारे देउवाका ज्योतिषिलाई सोध्न भने । शनिबार विराटगरमा ओलीले भनेका थिए, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा असाध्यै विश्वास गर्नुहुन्छ । त्यसैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ ? मैले दिन नै तोकिदिएको छु, असार १७, कस्ता कस्ता ग्रह, दशा, नक्षत्रहरू कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् भनेर मैले भनेको छु ।’
असार १७ मा समस्या आउने भए पनि गठबन्धनको ठुलो खड्को वैशाख ३० मै रहेको ओलीको दाबी छ । उनले स्थानीय निर्वाचन पछि गठबन्धन नचल्ने र आगामी सरकार आफू नेतृत्वको हुने भन्दै गठबन्धनलाई चुनौती दिइरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3N1KUWz via IFTTT
काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषदका बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजे बस्नेगरि अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सोही बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वान गरिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vV0GwX via IFTTT
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् ।
दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको आरोप लगाए। ‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘ र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन ? तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन । परिमार्जन हुन सकेन ।’
प्रचण्डले मधेसका जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रष्ट पारे । उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए ।गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि दाबी गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3N0Xy8a via IFTTT
काठमाडौँ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ ।
दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचारसंहिताविपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ ।
आयोगले विभिन्न दल, मन्त्री, नेता तथा उम्मेदवारलाई समेत स्पष्टीकरण माग गर्दै आचारसंहिता कार्यान्वयन गर्न आदेश दिइरहेको छ । प्राप्त विवरणमा आचारसंहिता उल्लङ्घनका घटना भने ठाउँठाउँमा भइरहेकै छन् । आयोगका अनुसार केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को मुक्त कमैया बस्तीमा निरीक्षणका क्रममा जाँदा पीडित परिवारलाई रु पाँच हजार राहत दिने प्रक्रिया अघि बढाएको भनी जानकारी आएपछि स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आचारसंहिता– २०७८ को परिच्छेद ३ को ५ मा सरकार, मन्त्री स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचारणको व्यवस्था छ । उक्त आचारसंहिताको ५ (क) मा त्यस्ता पदाधिकारीले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
यस्तै वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भएकामा बाहेक अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना कार्यक्रम घोषणा गर्न स्वीकृत गर्न र सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ । यस्तै कुनै योजनाको शिलान्यास उद्घाटन सर्वेक्षण, अध्ययन वा अनुदान दिने जस्ता कार्यक्रम पनि गर्न नहुने व्यवस्था छ । नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरको प्रमुखका उम्मेद्वार केशव स्थापितले प्रतिस्पर्धी बालेन शाहका विषममा दिएको अभिव्यक्ति सञ्चारमाध्यमबाट र सामाजिक सञ्जलाबाट जानकारी पाएपछि आयोगले उहाँलाई स्पष्टीकरण पेश गर्न निर्देशन दियो ।
यस्तै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनका उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भनी फोटोसहितको समाचार सार्वजनिक भएको जानकारी आएपछि उहाँलाई पनि आयोगले स्पष्टीकरण दिन आदेश दिएको थियो । आयोगले यसरी आचारसंहिता उल्लङ्घन गरेका ३७ भन्दाबढी व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधिसकेको छ । आयोगले गएको चैत २५ गतेदेखि नै आचारसंहिता लागू गरेको थियो । निर्वाचन आयोग ऐन २०७३ कोे दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त आचारसंहिता जारी गरेको हो ।
आयोगले विभिन्न राजनीति दललाई समेत स्पष्टीकरण सोधेको छ । यही २० गते नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिको नामबाट अर्काे पार्टीका विषय जोडेर बनाइएको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले भन्दै त्यसको जवाफ माग गरेको थियो । “उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय (ठ) र (ढ) विपरित देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी ३ (तीन) दिन भित्र जवाफ उपलब्ध गराई दिन हुन आदेशानुसार अनुरोध गरिन्छ”, आयोगको पत्रमा भनिएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र)सँग पनि निर्वाचन आयोगले जवाफ माग गरेको थियो । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौँसँग कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष विक्रम साहलगायतका व्यक्तिले माओवादी केन्द्रको चुनाव चिह्न अङ्कित टिसर्टसहित प्रचारमा देखिएको समाचार आएको भन्दै स्पष्टीकरण मागेको थियो । यी त प्रतिनिधि घटना भए तर विभिन्न जिल्लामा समेत नेता, मन्त्री, उम्मेदवार र तिनका कार्यकर्ताबाट हुने उल्लङ्घनप्रति आयोग कडाइका साथ लागिरहेको छ ।
दल, उम्मेदवार र तिनका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण
निर्वाचन आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचारणबारे उल्लेख छ । सोही परिच्छेदको दफा १२ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले सभा, सम्मेलन जुलुस, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसार गर्दा सभ्य र अनुसासित भई गर्नुपर्ने उल्लेख छ ।
स्थानीय प्रशासनको अनुमतिविना सार्वजनिक स्थानमा जुलुस, सभा, बैठक, भेला गर्न नहुने, जुलुस, सभामा सहभागि व्यक्तिले निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर भएको कपडा, टोपी, भेष्ट, सर्ट ज्याकेट, कमिज, मास्क गम्छा, व्याच वा लकेट लगाउन र झोला बोक्न नहुने उल्लेख छ । उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाइ वितरण गर्न बाधा पर्दैन । कसैको घर तथा सार्वजनिक स्थलमा दलको झण्डा निर्वाचन चिह्न टाँस्न, राख्न नहुने तथा कुनै पनि संस्थालाई नगद, जिन्सी, अनुदान वितरण गर्न नहुने व्यवस्था छ । जुलुस आमसभा तथा बैठक र प्रचारका कार्यक्रम बिहान ८ देखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने व्यवस्था छ ।
निर्वाचनका प्रयोजनार्थ ७५ ग्रामको कागजमा (तीन सय वर्ग इञ्चसम्म) आकार भएको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्नेछ । उम्मेदवारको कार्यालयमा ३ वाइ ३ को दलको झण्डा, सोही नापको चुनाव चिह्नबाहेक कुनै किसिमको डिजिटल बोर्ड फ्लेस राख्न र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवथा छ । भित्ते लेखनसमेत गर्न पाइँदैन । त्यस्तै निर्वाचन आयोगको अनुमति लिई उम्मेदवारले निर्वाचन क्षेत्र वा उम्मेदवार भएको क्षेत्रमा बढीमा दुई वटा दुईपाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ ।
आयोगले आफैँ अनुगमन गरेर पनि आचारसंहिता विपरीतको गतिविधि नियन्त्रण गरिरहेको छ । केही दिनअघि आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि गत शनिबार स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झण्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल (करिब १०० थान), टीसर्ट १० थान, दलको व्यानर तीन थान जफत गरेको थियो । राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LTGeSp via IFTTT
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परिवर्तन माँस्न कहींबाट परिचालित भएको आरोप लगाएका छन् । चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै जनताबाट चुनिएर ओली लोकतन्त्र र परिवर्तनमाथि नै धावा बोल्न पुगेको आरोप लगाए ।
‘परिवर्तन र लोकतन्त्र माँस्न केपी शर्मा ओली निमित्त कहींबाट हुन्,’ पौडेलले भने । जनताले ओलीको गतिविधिलाई समयमै बुझ्नुपर्ने बताए ।
आफूहरु लोकतन्त्र जोगाउन गठबन्धन गर्ने निर्णयमा पुगेको बताए । भविष्यमा मिलेर सरकार बनाउनुपर्ने भएकाले अहिले नै चुनावमा तालमेल गरेको जिकिर गरे ।
गठबन्धन गरेकैले काँग्रेसले कतिपय ठाउँमा मुख्यमन्त्री पाएको, राष्ट्रिय सभाको चुनाव जितेको उल्लेख गर्दै मिलेर जानुको विकल्प नभएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l3frHT via IFTTT
चितवन । नेकपा ०माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् ।
गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।
ुतपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sfERWH via IFTTT
काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा सरकारी पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहस लम्बिएको हो ।
सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत सोमबार रिट दायर गरेका थिए ।
रिटमाथि आज पहिलो बहस भएको हो । आज दिनभर बहस नसकिएपछि भोलिका लागि सारिएको छ । महान्यायाधीशवक्ताको कार्यालयले समेत बहसमा सहभागी हुन पाउनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो । सोही आधारमा महान्यायाधीवक्ता खम्बबहादुर खाती पनि बहसमा सहभागी भए ।
रिटमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए । नवनियुक्त आईजीपी सिंहको तचर्फबाट समेत अधिवक्ताहरूले बहस गरेका थिए ।
उनको तर्फबाट महान्यायाधिवक्ता खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । बहसको क्रम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LKB5MI via IFTTT
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको प्रमाण सार्वजनिक भएको छ । उनीविरुद्ध अख्तियारमा १६ वैशाखमै उजूरी परेर दर्तामा छाप पनि हानिएको छ ।
अख्तियारमा उक्त उजूरीको दर्ता नम्बर सी ०३२५३१, ०७९०११६, १५२६२३८५ छ । उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।
सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियारमा उजूरी
काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ ।
उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।
डंगोलले भने आफूविरुद्ध प्रोपोगान्डा रचिएको दाबी गरेकी छिन् । तर, उजूरी परेको सत्य खुलिसकेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kEfB85 via IFTTT
काठमाडौं । नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका मेयर, उपमेयर तथा वडाका सम्पूर्ण उम्मेदवार हरु चुनाबी प्रचारमा कम्मर कसेर लागेका छन ।
“सुशासन र समृद्धिका लागि युवा नेतृत्व लाई जिम्मेवारी म बनाउछु मेरो नगर” भन्ने मूल नाराका साथ मेयरका उम्मेदवार दिपक रिसाल र उनको टिम चुनाब प्रचारप्रसारमा लागेको हो ।
उनीहरु नगरको सम्पूर्ण वडामा चुनाब प्रचारप्रसारमा सक्रीय भएर लागेका छन् । नगरको संस्कृतिको संरक्षण, विकास र प्रचारप्रसार गर्ने, गुणस्तरीय शिक्षा स्वास्थ्य ,फोहोरमैला , खानेपानी र स्वरोजगार लगाएतका बिषयमा मा बिशेस जोड दिने नाराका साथ उनीहरु चुनाब प्रचारप्रसारमा लागेका छन् । सम्पूर्ण उम्मेदवारहरु चुनाबी प्रसारमा घर घर पुगिरहेका छन् ।
हेर्नुस तस्बिर
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3F8yqK1 via IFTTT
काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गर्ने बताएका छन् ।
प्रहरी प्रशासनमा आर्थिक पारदर्शिता कायम र जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुने उनले समेत उनले जनाए । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै उनले संगठनको श्रीवृद्धिमा जोड दिने बताए ।
आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक सम्पादन गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए ।
कुनै पनि व्यक्ति वा संगठन आलोचना मुक्त नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भने, ‘नेपाल प्रहरी र यसमा आवद्ध सकल दर्जा त झन् नागरिक जीवनको एक अभिन्न हिस्सा भएकोले हाम्रो हरेक क्रियाकलाप माथि नागरिकहरूले सुक्ष्म निगरानी राख्नु अस्वाभाविक ठान्दिन । मेरो मान्यता भनेको गुनासो र आलोचनालाई स्वीकार गर्नुपर्दछ र त्यसको उचित सम्बोधन गर्नुपर्दछ भन्ने हो । गुनासो र आलोचना उसैको हुन्छ, जसप्रति आशा र विश्वास जोडिएको हुन्छ ।’
नेपाल प्रहरीको आधार भन्नु नै नागरिक विश्वास र भरोसा भएको चर्चा गर्दै उनले समाज र राष्ट्रको हित र सुरक्षाका खाँतिर संगठन र यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूले कानूनी राज्यको मान्यता अनुरुप निष्पक्ष एवम् व्यावसायिक प्रहरी सेवा प्रवाह गर्न र कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिए ।
व्यक्तिगत स्वार्थ त्यागी निर्भिकताका साथ आ–आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न समेत उनले सम्पूर्ण अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने उनले बताए । ‘कानून सम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरवाही र उदासीनता हुनेछैन,’ प्रहरी महानिरीक्षक सिंहले भने ।
भष्ट्राचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवम् अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरुको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोररूपमा प्रस्तुत हुने जनाए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको साथै नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरूको भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3KDD8kn via IFTTT
काठमाडौं । सत्ता गठबन्धनले केन्द्रमा कुरा मिलाउन सकेपनि धेरैजसो पालिका र तल्लो इकाईसम्म कुरा मिलाउन सकेका छैनन् । कतिपय पालिकाहरुमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु एउटै पदमा धेरै उम्मेदवार छन् । यसले गठबन्धन भएपछि चुनावमा धक्का पुग्न सक्ने आँकलनहरु भएका छन् ।
देशभर माथि देखि तलसम्म गठबन्धन कसिलो बनाएर चुनावमा जाने प्रयास नभएका होइनन् । तर, कार्यकर्ताको दबाबले दलहरुले यसमा सफलता हासिल गरेनन् । यसकारण कतिपय पालिकाहरुमा समस्या देखिएको छ ।
आज सत्ता गठबन्धनको बैठक बसी स्थानीय तहको चुनावमा समझदारी बनाएर चुनावमा जान आफ्नो दल मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेका छन् । जस अनुसार पाँच दलीय गठबन्धनमा समझदारी भएको तर त्यस अनुरुप उम्मेदवारी फिर्ता नलिएको भए समझदारी अनुरुप कार्य गर्न गराउन आ आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने भनिएको छ ।
अब उम्मेदवारी फिर्ता नलिएको स्थानहरुमा उम्मेदवार नभएको घोषणा गरी समझदारी अनुसार साझा उम्मेदवारलाई साथ दिनुपर्नेछ ।
गठबन्धनभित्रै घात अन्र्तघातको सम्भावना बढ्दै गएपछि गठबन्धनको संयन्त्रको बैठक बसेर कडा निर्णय लिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MIW82d via IFTTT
काठमाडौँ । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।
लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक दलले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरेका थिए । सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो । नेपालको संविधानको धारा २७९ बमोजिम अनुमोदन गरेको र सो को नेपाली र अङ्ग्रेजी भाषाको प्रामाणिक प्रति नेपाल सन्धि ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि राजपत्रमा प्रकाशन गरिएको छ ।
ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत् ग्रीडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोगमा वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम गर्ने विषय सो परियोजनाको उद्देश्यका रुपमा रहेको छ । सम्झौता अनुसार एमसिसीले नेपाललाई ४५ करोड ९५ लाख अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउनेछ । वित्तीय व्यवस्थाका अतिरिक्त थप चार करोड पाँच लाख डलर बराबरको रकम समेत उपलब्ध हुनेछ ।
काठमाडौँको नाङ्लेभारेबाट सुरु हुने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलको न्यू बुटवल सवस्टेशनमा जोडिनेछ । यस्तै गल्छीबाट अर्को लाइन हेटौँडा जानेछ । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण मानिएको एमसिसी स्म्झौता अनुमोदनपछि कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ ।
पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसीमा हुने भएकाले हाल पूर्व तयारीका सबै काम अगाडि बढिरहेको एमसिए नेपालले जनाएको छ । केही दिन पहिले मात्रै सडक विभागमा सडक निर्माणको गुणस्तरसम्बन्धी प्रयोगशाला स्थापना भएको छ । यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जा वितरणलगायतको काम समेत सुरु हुने प्रक्रियामा छ ।
नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ । रातमाटेमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । यस्तै, तनुहँ र बुटवलमा समेत सोही क्षमताको सवस्टेशन निर्माण हुनेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OOejFA via IFTTT