Loading...
Loading...
पहिचान सार्वजनिक भएपछि गौशाला-२६ ले दिइन् उजुरी,साइबर ब्यूरोले थाल्यो अनुसन्धान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ (परिवर्तित नाम) ले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएक छन् ।

बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेपछि उनका समर्थकहरुले गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले आफ्नो पहिचान सार्वजनिक गरिएको भन्दै ६ वटा सामाजिक सञ्जालका पेजहरु उल्लेख गरेर ब्यूरोमा उजुरी दिएकी हुन् ।

गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर ९मुलुकी अपराध संहिता, २०७४० को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर ९विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।

अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ।

गोपनीयता सम्बन्धी ऐन २०७४ को दफा ३ को उपदफा ४ मा कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन।

गौशालाको उजुरीपछि साइबर ब्यूरोले पनि आवश्क छानबिन थालेको छ । ब्यूरो स्रोतका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिरिराज ढकालको एकल इजलासले १३ पुसमा सन्दीपलाई दोषी ठहर गरेको थियो । भने उनै ढकालको इजलासले बुधबार लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको थियो ।

The post पहिचान सार्वजनिक भएपछि गौशाला-२६ ले दिइन् उजुरी,साइबर ब्यूरोले थाल्यो अनुसन्धान appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48tGmmV via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.