भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ | विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् । उनले उक्त प्रकरणमा आफ्रनो कुनैपनि संलग्नता भने नरहेको दाबी गरेका छन् । सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएका राहुल महराले आफ्नो तीनवटा मोबाइल हराएको बयान दिएका छन् । राहुलले केन्द्रीय अनुसन्धान ब्यूरोमा आत्मसमर्पण गर्ने क्रममा पहिले चलाएको तीनवटै मोबाइल लुकाएर हुवावेको नयाँ मोबाइल लिएर गएका थिए ।
सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दामा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ ।नेपालको समेत नागरिकता भएका भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको छ। बेल्जियन नागरिक दावा ६० किलो सुन तस्करी प्रकरणको पनि मुख्य अभियुक्त हुन्।
उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो । उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
The post भेप सुन तस्करी प्रकरण : कृष्णबहादुर महराका छाेरा राहुल महरा सहित चार जना विरूद्ध मुद्दा दायर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RVOSFX via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

