भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले पशुपति क्षेत्र विकास कोषको ३० रोपनी जग्गा अधीकरण भएको बताएका छन् ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका आलेले पशुपति क्षेत्र विकास कोषको कूल पाँच सय ३४ रोपनी जग्गामध्ये पाँच सय चार रोपनी हालसाविक गर्न त्यहाँका सदस्य सचिवले भन्दा नमानेको बताए । अहिले त्यहाँका सदस्य सचिवले भने अनुसार बहालवाला मन्त्री सुदन किराँतीले पशुपति विकास कोषको जग्गा सुकुम्बासीका नाममा बाँड्ने तयारी गरेको उनको आरोप लगाए ।
‘अहिलेको मन्त्रीले कता–कता मैले सुनिराखेको छु, भैगो विचरा ती सुकुम्बासीहरु ३० रोपनी खाए खान्छन्, म त दिन्छु पुर्जा भनेर पूरै हैकमवादी जमाइराखेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू पनि पशुपति क्षेत्र विकास कोषको संरक्षक हुनुहुन्छ । पशुपति क्षेत्र विकास कोषको जग्गा अलिकति पनि तलमाथि भयो भने हामी छोड्नेवाला छैनौं,’ हिजो (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा आलेले भने ।
The post प्रेम आलेले लगाए मन्त्री किराँतीमाथि गम्भीर आरोप appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/437Qm2O via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

