भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले देशको गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नुपर्ने बेला आएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा गरिएको नागरिक अभिन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले देशको गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नुपर्ने बेला आएको बताएका हुन्।
पूर्वराजा शाहले हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्ने बताउँदै आफ्नो पहिँचान हाम्रो शान र आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान भएको बताएका छन्। उनले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान भएको बताएका छन्। आफू जहाँ पुग्दापनि त्यहाँ नेपालीहरूको यस्तै आवाज सुनिने बताएका छन्।
उनले भने, ‘त्यसैले अब कसरी जाने के कस्तो विधी व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुन ताजारूपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ। अब सोची के गर्दा देशको राम्रो हुन्छ अब सोची के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ।’
The post हाम्रो गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नै पर्ने बेला आयो : पूर्वराजा ज्ञानेन्द शाह appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WBl7dU via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

