भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतको सचिवालयले नेता बस्नेतमाथि वाईसिएलको भौतिक आक्रमण भन्दै जारी भिडिओ झुटो प्रचारमात्रै भएको भन्दै आपत्ति जनाएको छ । बस्नेतको सचिवालयले आज एक नोट जारी गर्दै ती फेक भिडिओ जारी गर्ने केशव थुलुङ्ग र उनको भिडिओ सुनियोजित रुपमा प्रचार गर्नेहरुलाई कानूनी कारबाही गर्ने पनि जनाएको छ ।
बस्नेतका स्वकिय सचिव दिनेश थापाले जारी गरेको वक्तव्यमा यस्तो भनिएको छ-
गहेको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओबादिका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओबादी कै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ता विच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग,S.p Regmi लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी “नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन YCL का युवाहरु द्वारा भौतिक आक्रमण गरेको भनि ” झुटा प्रचार गरिएकोमा हाम्रो गंभिर आपत्ती रहेको छ ।आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै,सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं। तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।
The post आफूमाथि वाईसिएलको भौतिक आक्रमण भनेर झुटो प्रचार गरिएको भन्दै महेश बस्नेत फायर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3pULBHN via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

