भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज अपरान्ह शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित देउवा शितलनिवास पुगेका थिए ।
भेटमा देउवाले नागरिकता विधेयकबारे छलफल गरेका थिए । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका केही विषयमाथि प्रश्न उठाएको बुझिएको छ । जवाफमा देउवासहित काँग्रेस नेताहरुले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन सरकारले ल्याएको नागरकतासम्बन्धी अध्यादेश अनुसार हुबहु विधेयक संसदले पारित गरेको विषय राखेका थिए । उनीहरुले पूर्वाग्रही व्यवहार भएको भन्दै राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रपति भण्डारीले चुनावमा सरकारको तयारीबारे पनि चासो राखेकी थिइन् । उनले मुख्य दलका नेताहरुलाई सहमतिमा बढ्न सुझाव दिएको बुझिएको छ ।
The post राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच के के कुरा भयो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wGmlsu via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

