ओली, प्रचण्ड र नेपालको भेट, स्थायी कमिटी बैठकका एजेण्डामा छलफल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मंगलवार बिहान सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरूबीच छलफल भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच आगामी स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।
तीन नेताबीच बिहान करीब ११ बजेबाट छलफल शुरू भएको थियो । गत शनिवार बसेको सचिवालय बैठकमा यही वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने र त्यसको अघिल्लो दिन २४ गते सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।
स्थायी कमिटी बैठकको तयारीका लागि दस्तावेज बनाउने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् ।
दस्तावेजमा समसामयिक परिस्थिति, पार्टी र सरकारको पोजिसन कसरी उल्लेख गर्ने भन्ने विषयमा नेतात्रयबीच छलफल भएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2L2Gwsx via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

