भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२६ फागुन, काठमाडौं । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को ग्राण्ड फिनाले चैत १ गते हुँदैछ । फागुन १२ र १३ गते प्रसारण भएको एपिसोडमा कार्यक्रमको ग्राण्ड फिनाले १ गते गर्ने घोषणा गरिएको थियो । घोषणा भएसँगै फिनालेको तयारी पनि तीब्र पारिएको छ ।

फिनालेमा शोबाट तीनजनामा प्रतिस्पर्धा गर्नेछन् । सुमन कोइराला, हिमेश पन्त र खड्ग बहादुर पुनले शोको फिनालेमा पुगेका छन् । तीनै प्रतिस्पर्धी अहिले भोट माग्न आफ्ना गृहजिल्ला पुगेका छन् । उनीहरुले आ–आफ्नो तरिकाले भोट माग्दै गर्दा फिनाले भने च्यासलस्थित आफ्नै स्टुडियोमा दिउँसो ४ बजेदेखि शुरु हुने कार्यक्रमका निदेशक बिशाल भण्डारीले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुनेले ईसेवामार्फत टिकट काट्न सक्ने निर्देशक भण्डारीले जानकारी दिए । टिकटको बुुकिङ सोमबारदेखि शुरु गरिएको हो । उनका अनुसार आयोजकले एउटा टिकटको मूल्य ३ हजार रुपैयाँ राखेको छ । उक्त मूल्यभित्र ककटेल डिनर पनि समावेश छ । ग्राण्ड फिनालेमा महानायक राजेश हमाल, हरिवंश आचार्य र मदनकृष्ण विशेष अतिथिको रुपमा रहनेछन् ।
The post चैत १ मा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले, टिकट अत्याधिक महंगो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2wD2Rcm
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

