भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२३ फागुन, काठमाडौं । अमेरिकाकी ‘फस्ट लेडी’ मेलानिया ट्रम्पका १८ वर्षअघि पुरानो एक फोटोशुट सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
फोटोमा मेलानिया एक फायरम्यान –अग्निनियन्त्रक)लाई चुम्बन गर्दै गरेकी देखिएकी छन् । विवाहअघि मेलानिया मोडलिङ गर्थिन् र उनले यो फोटाशुट सन् २००२ मा न्यूयोर्क पोस्टले लिएको थियो ।

म्यागजिनको यो कभर, त्यो समयमा ९÷११ आक्रमणमा गज्जबको काम गर्ने एक अग्निनियन्त्रकप्रति समर्पित गरिएको थियो । न्यूयोर्क पोस्टले अहिले फेरि १८ वर्ष पुरानो म्यागेजिनको कभर फोटो सेयर गरेको छ । यो फोटोसुटको दौरान मेलानिया ट्रम्पसँग डेट गरिरहेकी थिइन् । ट्रम्प त्यो समयमा एक रियलस्टेट बिजनेशमा काम गरिरहेका थिए ।
न्यूयोर्क पोस्टले उक्त तस्बिर राख्दै आफ्नो वेबसाइटमा लेखेको छ, ‘न्यूर्योकको एक रियलस्टेट डेभलपरसँग डेट गरिरहेकी स्लोवेनियाकी एक महिलालाई उक्त फोटोसुटको लागि छानिएकी थिइन्, उनको नाम मेलानिया नाउज हो । मेलानियाको उक्त रियल स्टेट डेभलपरसँग २ वर्षपछि विवाह भएको थियो ।’

मेलानियासँग तस्बिरमा देखिएको डेनियल नाम गरेका उक्त युवक अहिले पनि न्यूयोर्कमा काम गरिरहेका छन् । फोटोसुटको क्रममा डेनियललाई मेलानियाको बारेमा सोधिएको थियो तर उनले चिनेका थिएनन् । पछि उनलाई डोनाल्ड ट्रम्पको गर्लफ्रेन्ड भन्द उनी चकित परेका थिए ।
The post ट्रम्पको श्रीमतीको १८ वर्षअघिको फोटोशुट किन भाइरल ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TreoV0
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

