भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२३ फागुन, काठमाडौं । वर्षकै प्रतिक्षारत चलचित्रहरुको सूचीमा रहेको चलचित्र ‘चपली हाइट ३’ को टीजर सार्वजनिक भएको छ । ट्रेलरमा गज्जबको एक्सन र थ्रिलर देख्न सकिन्छ । चैत २८ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रमा ब्याकमेल र अपराधको प्रसङ्ग जोडिएको हुनसक्ने टीजर हेरेर अनुमान गर्न सकिन्छ ।
निकेश खड्काको निर्देशनमा बनेको चलचित्र अर्जुन कुमारले निर्माण गरेका हुन् । चलचित्रमा निकेश र अर्जुनको यो दोश्रो सहयात्रा हो । यसअघि निकेशसँग अर्जुनले ‘फाटेको जुत्ता’मा सँगै काम गरिसकेका छन् । स्वयं अर्जुन र सुवास भुषालको संगीत रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी र दिर्घ गुरुङको सम्पादन छ ।

चलचित्रलाई काठमाडौं उपत्यका भित्र स्टेशन फाइभ र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । चलचित्र टीजर आउनुअघि नै अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भइसकेको छ । २५ हजार अस्ट्रेलियन डलरमा बाबा कन्सलटेन्सीले उक्त अधिकार किनेको थियो ।
अर्जुन कुमार फिल्म्स् प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, प्रतिकमान श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा आकाश बरालको लेखन तथा संवाद रहेको छ ।
The post ‘चपली हाइट ३’ टीजरः एक्सन र थ्रिलरको गज्जब तालमेल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38pxajX
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

