भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२९ फागुन, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी घोषणा गरेको कोरोना भाइरसका कारण दिल्लीका सम्पूर्ण शैक्षिक संस्था र सिनेमा घरहरु बन्दको घोषणा गरिएको छ । मुख्यमन्त्री अरबिन्द केजरीवालले बिहीबार मार्च ३१ सम्मका लागि दिल्लीका सम्पूर्ण शैक्षिक संस्था र सिनेमा घरहरु बन्दको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री केजरीवाललाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘दिल्लीका सबै सिनेमा हलहरू मार्च ३१ सम्म बन्द रहनेछन् । परीक्षा नभएका विद्यालय र कलेज पनि बन्द रहनेछन् ।’ भारतमा बिहीबारसम्म ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । वर्ल्डमिटरका अनुसार भारतमा बिहीबारमात्रै ११ जना नयाँ संक्रमित फेला परेका छन् ।

हल बन्द हुने भनेसँगै केही चलचित्रहरुको कमाई असर पर्ने भएको छ । त्यस्ता सिनेमाहरुमा १३ मार्चदेखि प्रदर्शनमा आउन लागेको अंग्रेजी मिडियम, २० मार्चदेखि प्रदर्शनमा आउन लागेको सन्दीप और पिंकी फरार र २४ मार्चमा रिलिज हुने सूर्यवंशीलाई असर गर्ने भएको छ । यद्यपि चलचित्रको विषयबस्तु राम्रो भएमा अन्य प्रदेशको प्रर्दशनले पनि राम्रै कमाइ गर्नेछ ।
The post दिल्लीका सिनेमा हल १९ दिन बन्द, यी ३ फिल्मलाई ठूलो घाटा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2U42O12
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

