Loading...
Loading...
सिद्धार्थले एसिड फ्याँक्ने धम्की दिएको शिल्पाको आरोप
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

५ फागुन, एजेन्सी । बिग बोस ११ की विजेता शिल्पा सिन्देले सिद्धार्थ शुक्लाको विषयलाई लिएर सनसनीपूर्ण खुलासा गरेकी छन् । बिगबोस १३ को फिनालेभन्दा अघि शिल्पाले सिद्धार्थले आफूसँग डेटिङ गरिसकेको बताएकी छन् । सिद्धार्थको साथमा उनको सम्बन्धमा एकदमै मुस्किल समय आएको उनको भनाइ छ ।

शिल्पाको भनाइ अनुसार सिद्धार्थले उनलाई गाली–गलौच र मारपीट गर्ने गरेका थिए । शिल्पाले सिद्धार्थसँगको कुराकानीको एक पूरानो अडियो पनि लिक गराएकी थिइन्, जसमा सिद्धार्थले आफ्ना कोस्टारलाई नराम्रो शब्द प्रयोग गर्दै गाली गरेका थिए । तर, अहिले सिद्धार्थ बिग बोस १३ को बिजेता बनेपछि उनले अर्को एक ठूलो खुलासा गरेकी छन् ।

सिद्धार्थले आफूमाथि एसिड फ्याँक्ने धम्की दिएको शिल्पाको आरोप छ । एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘सिद्धार्थ मेरोबारेमा पोजेसिव थियो । हामी सम्बन्धमा भएको बेलामा यदि मेरो फोन कुनै कारणले उठेन भने गाली दिएर आपत्तिजनक टिप्पणी गर्थ्यो । यदि उसको फोन नउठेको समय मैले प्रश्न गरेमा मलाई थप्पड हान्थ्यो भने गाली पनि गर्ने गर्थ्यो ।’

शिल्पाले अगाडि भनिन्, ‘तर, म चुप लागेर बसिन, प्रहरीमा उजुरी दर्ता गरेँ किनकी यदि मैले छोडेँ भने उसले मेरो मुखमा एसिड फ्याँक्ने धम्की दिँदै बर्बाद गरिदिने भनेको थियो ।’ सिद्धार्थको आमालाई पनि आफूले यो कुराको जानकारी गराएको शिल्पाको खुलासा छ । शिल्पाको यस्तो सनसनीपूर्ण आरोपको बारेमा सिद्धार्थ शुल्काको तर्फबाट कुनैपनि प्रतिक्रिया आएको छैन । सिद्धार्थका नाम कैयौँ टिभी कलाकारहरुसँग जोडिएको छ ।

The post सिद्धार्थले एसिड फ्याँक्ने धम्की दिएको शिल्पाको आरोप appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2uUQTKp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.