Loading...
Loading...
धुर्मुसलाई समय र रीमालाई पार्टनर छैन, ऋचा भन्छिन् ‘अहिले मज्जा आइराछ’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

५ फागुन, काठमाडौं । नेपालको पहिलो केमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले आफ्नो चर्चालाई चुलाउँदै लगेको छ । पहिलो दुई साता खासै चर्चा नआएको यो शो त्यसपछि भने दर्शकहरुले पर्खेर हेर्ने शो बन्न सफल भएको छ । २० जना भन्दा बढी प्रतिस्पर्धीहरुले फिजिकल अडिसनमार्फत छानिएर शो अहिले शीर्ष ४ मा आइसकेको छ । शो टेलिभिजन मात्र नभएर युट्युबमा पनि ट्रेन्डिङमा आउन सफल हुन्छ ।

यसअघि शोका एक प्रतिस्पर्धी सुमन कोइरालाको प्रस्तुतिले देशमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुको समेत मन जितेको थियो । यस्तै शो का अन्य एपिसोडहरु पनि दर्शकले खुब मन पराएका छन् । सोमबार र मंगलबार साँझ कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रमको सोमबार बिहान एक ट्रेलर सार्वजनिक भयो । ट्रेलरमा विभिन्न कलाकारहरुको अनौठो अवतार देख्न पाइयो । कमेडी कार्यक्रममा उनीहरुको कमेडी हेर्नलायक थियो ।

कार्यक्रमको ट्रेलरको शुरुवातमा कमेडियन सुवोध गौतमले आफ्नो प्रस्तुति दिँदै थिए । उनको छेउमा रिमा पनि थिइन् । ‘अस्पतालमा बस्नुपर्ने भयो, त्यहाँ भएका चिन्ने साथीहरुले के भयो भनेर सोधे । मैले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक छ भनेँ । साथीले बधाईँ दिँदै भन्छन् तपाईंको आफ्नै ?’ उनले थपे, ‘छिमेकीलाई त आरोप मात्रै लगाउने हो, विश्वास आफ्नै श्रीमतीलाई गर्नुपर्छ ।’

उनको कुरा टुङ्गिन नपाउँदै चलचित्र सेन्टी भाइरसको प्रचारको लागि आइपुगेकी कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले छेउमै रहेका सिताराम कट्टेल ‘धुर्मुुस’तर्फ देखाउँदै भन्छिन्, ‘तिम्रो कमसेकम छोरीपछि छोरा त भो, आफ्नो त उहाँलाई रंगशालाले फुर्सदै छैन ।’ यति भन्दै गर्दा त्यहाँ हुटिङको माहोल बन्यो र उनी आफैँ लजाएर मुख छोप्न थालिन् ।

कुञ्जनाको कुरा सकिएपछि निर्णायकमध्येका एक प्रदीप भट्टराईले भनिहाले, ‘मलाई आज पहिलोपटक थाहा भयो की, बच्चा हुनलाई फुर्सद हुनुपर्दो रैछ ।’ प्रदीप भट्टराईलाई काउन्टर दिँदै रीमाले आफ्नो पीडा पोखिहालिन्, ‘बच्चा हुनलाई फुर्सद मात्र भएर कहाँ हुन्छ पार्टनर हुनुपर्दैन ।’ रीमाको केही वर्षअघि श्रीमानसँग सम्बन्ध बिच्छेद भएको हो । रीमाले यस्तो अभिव्यक्ति दिँदा सधैँ करोडका कुरा गर्ने निर्णायक मनोज गजुरेलले अरबको आयो भन्दै आफ्नो कट्टर सहमति जनाइहाले ।

यसैबीच ऋचालाई कुञ्जनाले बोल्न आग्रह गर्दै भन्छिन्, ‘बच्चाको कुरा गर्ने हो भने, पालो ऋचाको हो, ऋचाको तर्फबाट केही जाओस् न !’ कुञ्जनाको प्रश्नको उत्तर दिँदै ऋचाले सबैलाई चकित पार्ने जवाफ दिइन्, जुन उनले सधैँ भन्नेगर्छिन् । उनले कुञ्जनाको जवाफमा भनिन्, ‘अहिलेलाई मज्जा आइराछ ।’ ऋचाको उत्तरले उपस्थित दर्शकहरुलाई त उत्साहित बनायो नै जज मनोज गजुरेल आफ्नो कुर्सीबाट जुरुक्क उठे ।

The post धुर्मुसलाई समय र रीमालाई पार्टनर छैन, ऋचा भन्छिन् ‘अहिले मज्जा आइराछ’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/37yHSnB
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.