भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

९ फागुन, काठमाडौं । बलिउड नायिका शिल्पा शेट्टी कुन्द्रा दोश्रोपटक आमा बनेकी छन् । उनले छोरीकी आमा बनेकी हुन् । सामाजिक सञ्जालमा शिल्पा स्वयंमले छोरीको हात समाएको तस्बिर सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् । सेरोगेसीको माध्यमबाट शिल्पा १५ फेब्रुअरी २०२० मा आमा बनेकी हुन् ।
फोटो सेयर गर्दै शिल्पा शेट्टीले लेखेकी छन्, ‘ओम गणेशाय नमः हाम्रो प्राथनाको जवाफ मिलेको छ । हाम्रो घरमा सानो परीको पाइला टेकेको कुरा जानकारी गराउन पाउँदा एकदमै हर्षित छु । समीशा शेट्टी कुन्द्रा । समीशाले १५ फरवरी २०२०मा जन्म लिएकी हुन् । घरमा जुनियर एसएसके आएकी छन् ।’

शिल्पाको यसअघि ८ वर्षीय छोरा भएको छ । उनको नाम वियान राज कुन्द्रा हो । शिल्पा र राजले २२ नोभेम्बर २००९ मा विवाह गरेका थिए । विवाहको ११ वर्षपछि शिल्पा दोश्रोपटक आमा बनेकी हुन् । आजकल शिल्पा पति र आफ्नो छोरासँग खुसी जीवनयापन गरिरहेकी छन् । छोरीको जन्मपछि उनी एकदमै उत्साहित देखिएकी छन् । शिल्पा अहिले बलिउडमा फर्कन खोजिरहेकी छन् । उनी जुन महिनामा प्रदर्शन हुन लागेको सब्बीर खानको फिल्ममा देखिदैँछिन् ।
The post दोश्रोपटक आमा बनिन् शिल्पा शेट्टी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ujlGAv
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

