भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

हनुमानढोका दरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन् । वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति देवी भण्डारी सहित प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा र मन्त्रीहरु वसन्तपुरस्थित नासल चोक पुगेका हुन् ।
हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन रहेको छ । श्रीमदभागवत पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्नेरसुनाउने चलन छ ।
हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले बिहान ९ बजेर ५ मिनेटको साइतमा वसन्त श्रवण गराएका छन् । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन भने उपस्थित थिएनन् । उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबारै महोत्तरी गएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/38WJDwd via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

