भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ माघ, काठमाडौं । हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को डेब्यू निर्माण रहेको चलचित्र ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा समसामयिक राजनीतिक विषयवस्तु समावेश गरिएको छ । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंकलाई ट्रेलरमा देख्न सकिन्छ ।
सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित यस चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह(निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।

यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । कलाकार सितारामले चलचित्र हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भएका कारण सम्पूर्ण नेपालीलाई चलचित्र हेर्न आग्रह गरे । कुञ्जनाले भने ‘सेन्टी भाइरस’ बाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरिन् ।
The post के छ ‘सेन्टी भाइरस’को ट्रेलरमा ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2O6kaII
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

