भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ माघ, काठमाडौं । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीमले नयाँ शो ल्याउने भएको छ । टीमले ‘च्याम्पियनका चटके’ नामक नयाँ शो ल्याउन लागेको ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए ।
‘कमेडी च्याम्पियन’को फाइनल पछि दोश्रो सिजनको ‘कमेडी च्याम्पियन’ प्रसारणमा नहुन्जेलसम्मको लागि यही टीमले ‘च्याम्पियनका चटके’ उत्पादन गर्ने जनाएको छ । कार्यक्रमको तयारी तीव्र रुपमा चलेको र दर्शकहरुलाई हसाउन सिलसिला नरोकियोस् भन्नको लागि नयाँ शो को अवधारणा आएको निर्देशक भण्डारी बताउँछन् ।

कार्यक्रमा आउने भनेर जानकारी गराइएपनि यसकोे बारेमा बिस्तृत विवरण भने दिइएको छैन । अहिलेको पूर्ण ध्यान कमेडी च्याम्पियनमा दिइरहेको बताउँदै निर्देशक भण्डारीले नयाँ शोको बारेमा पछि पत्रकार सम्मेलन गरेर विस्तृत रुपमा जानकारी दिइने स्पस्ट पारे ।

पछिल्लो समय कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको ‘कमेडी च्याम्पियन’ दर्शकको ध्यान तान्न सफल भएको छ । मंगलबार उत्कृष्ठ सातको प्रस्तुति सकिएको छ । अब अर्को सातादेखि उत्कृष्ट ६ ले दर्शकहरुमाझ आफ्नो प्रस्तुति दिनेछन् । ‘कमेडी च्याम्पियन’ अबको २ महिना प्रसारण हुनेछ ।
The post ‘कमेडी च्याम्पियन’ टीमले नयाँ शो ल्याउँदै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2O8qZt8
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

