भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

८ माघ, एजेन्सी । एक विवाहित जोडिले एउटा अनौठो आविश्कार गरेका छन् । यसको आविश्कारका कारण उनीहरुले वाहवाहीभन्दा धेरै आलोचनाको सामना गर्नुपरिरहेको छ ।

यो जोडिले यस्तो बटन बनाए जसको माध्यामबाट आफ्नो पार्टनर शारिरिक सम्पर्कका लागि तयार छ कि छैन भन्ने कुरा पत्ता लगाउनेछ । लभ सिन्क बटन सेटका को फाउण्डर रयान र जेन मिच आफ्नो व्यवसायलाई अझै विस्तार गर्न चाहन्थे । उनीहरुले गत वर्षमात्रै यस्तो व्यवसाय थालनी गरेका हुन् । उनीहरुल लभ सिन्क बटन लन्च गर्नेवित्तिकै बजारमा चर्चाको विषय बनेको थियो । यो उत्पादनका लागि २० हजार डलरभन्दा धरै रकम जुटाएपछि रायान र जेनले आफ्नो व्यवसायलाई अघि बढाउने योजना बनाए ।

यसका लागि शार्क ट्याङ्क टीभी शोसँग सम्पर्क गरे । शार्क ट्याङ्क एक अमेरिक बिजनेश रियालिटी शो हो । जहाँ विश्वभरका बिजनेसम्यान आफ्नो नयाँ आइडिया लिएर आउँछन् । यस टेलिभिजन शोमा लगानीकर्ताहरुको एक प्यानल हुन्छ । आइडिया मन पर्यो भने लगानीकर्ताले त्यो बिजनेशनमा लगानी गर्ने गर्दछन् । यो जोडीले पनि आफ्नो प्रोडक्ट लभ सिन्कको बारेमा यहाँ प्रस्तुती दिए । उनीहरुले यसका लागि लगानीकर्ताहरुसँग १ लाख डलर माग गरे । तर यो जोडीले आफ्नो आइडिया लगानीकर्ताको माझ सही ढंगले प्रस्तुत गर्न सकेनन् ।
शो मा प्रजेन्टेशन गर्ने क्रममा यो जोडिले दुई जनालाई बेडमा बोलाए र लभ सिंक बटन कसरी सेट गर्ने भनेर प्रयोग गरेर देखाए । तर उनीहरुको यो प्रस्तुती लगानीकर्तालाई भने फिटिक्कै मन परेन । उल्टै लगानीकर्ताले ती जोडीमाथि प्रश्नको वर्षा गराए । क्याविन नामक एक लगानीकर्ताले भने, ‘मैले त यो व्यवसायको आधार नै बुझ्न सकिन । जब दुई व्यक्ति साथमै छन् भने बटन दबाएर सेक्स गर्ने इच्छा जानिरहनुको साटो सिधै कुराकानी गर्दा उपयुक्त हुन्छ नि । यसले पार्टनरबीच सेक्सका विषयमा कुराकानी नै कम गराउँछ जुन कुनै पनि सम्बन्धका लागि राम्रो होइन ।’

तर यो जोडीले आफ्नो प्रस्तुतीमा अझै प्रष्ट पार्दै भने, ‘जब कोही सेक्सका लागि पहल गर्दैछ भने उ त्यो समय आफ्नो पार्टनर मुडमा छ कि छैन भन्ने जवाफ एउटा बटन थिच्नेवित्तिकै मिल्छ । यदि तपाई सेक्सको मुडमा हुनुहुन्छ भने बेडको साइडमा राखिएको लव सिंक बटन दबाउनुपर्छ । यदी दुवै पार्टनर १५ मिनेटभित्र यस बटनलाई दबाउँछन् भने दुवै बटन हरियो बल्छ । जसको अर्थ हुन्छ यो समयमा दुवै सेक्सका लागि राजी छन् । उनीहरुले आफूहरुको उद्देश्य सम्बन्धमा दरार ल्याउनु नभई थप रोमाञ्चित पार्नु भएको प्रष्टीकरण दिए । तर रयान र जेनको यो प्रस्तुती काम आएन र लगानीकर्ताले उनीहरुको प्रोडक्टका लगि एक रुपैयाँ पनि लगानी गर्न अस्वीकार गरिदिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2RDNfw4
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

