भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

८ माघ, एजेन्सी । बलिउडका बादशाह भनेर चिनिने सुपरस्टार शाहरुख खानले आज आफ्ना फ्यानसँग गफगाफ गरेका छन् । शाहरुख खानले आज आफ्नो ट्वीटरमा सोधिएका २० प्रश्नको जवाफ दिने बताएका थिए । ट्वीटरका लाखौँ प्रयोगकर्ताले शाहरुखको बारेमा विभिन्न रमाइला प्रश्न सोधेका थिए । यस्तैमा उनका एक फ्यानले अन्यन्तै रमाइलो प्रश्न सोधेका थिए ।
30 saal ki mehnat mein padega. https://t.co/Y3qfb7IMdk
— Shah Rukh Khan (@iamsrk) January 22, 2020
तुफानका देवता नामक ट्वीटर ह्याण्डलबाट सोधिएको प्रश्नमा शाखरुखाको घर अर्थात मन्नतमा एउटा कोठा भाडामा चाहिएको छ, कति पर्छ ? भनेर सोधिएको थियो । फ्यानको सोधेको प्रश्न गज्जबको थियो । उनको प्रश्नको जवाफमा शाहरुखले भने, ‘३० वर्षको मेहनत पर्छ ।’ शाहरुखको यो जवाफ फ्यानले एकदमै मनपराएका छन् ।

यसका साथै उनलाई दिल्लीको के कुरा एकदमै मिस गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्, ‘चिसो’ । दिल्लीमा जन्मिएका र दिल्लीमै हुर्किएका शाहरुख अहिले मुम्बई बस्दै आएका छन् । यो दशकमा तपाईं के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले यो दशक मैले आफ्नो एकदमै राम्रा फिल्महरुकोलागि रिजर्भ राखेको छु’ भन्ने जवाफ दिएका थिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2RGWg7j
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

