भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

८ माघ, एजेन्सी । भारतीय पूर्व क्रिकेटर कपिलदेवको जीवनीमा आधारित फिल्म ‘८३’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।
बुधबार फिल्म निर्माण टीमले साामाजिक सञ्जालमार्फत फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । फिल्ममा कपिलदेवको भूमिका नायक रणवीर सिंहले निभाउँदैछन् । फिल्मको पोस्टर रणवीर सिंहले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

सार्वजनिक पोस्टरमा धैर्य कार्वालाई रवि शास्त्रीको रुपमा देखाइएको छ । रवि शास्त्री अहिले भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकको रुपमा रहेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक हुनेबित्तिकै पोस्टरले एकदमै राम्रो प्रतिक्रिया पाएको छ । पोस्टर हेरेपछि रणवीरलाई हुबहु कपिलदेवजस्तो देखिएको भन्नेहरुको पनि कमी छैन ।

फिल्मको पोस्टरले धेरै दर्शकहरुको मन जितेको छ । फिल्म ‘८३’ आइसीसी विश्वकप क्रिकेट १९८३ मा कपिलदेवको नेतृत्वमा भारतले जितेको कथामा आधारित छ । फिल्म १० अप्रिल २०२० मा देशभर प्रदर्शन हुँदैछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2RgizBR
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

