भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

८ पुस, काठमाडौं । तेश्रो संस्करणको नेपाल आइडल गत शुक्रबारदेखि शुरु भएको छ । संगीतको शिखर स्लोगन दिएर शुरु गरिएको तेश्रो संस्करणको शोले नेपाली दर्शकहरुको मन जितिरहेको छ । अघिल्ला दुई सिजनहरुमा टेलिभिजनमा प्रसारण भएलगत्तै युट्युबमा राखिँदै आएको यो शो अहिले भने शर्तसहित युट्युबमा राखिएको छ ।
तेश्रो सिजनको नेपाल आइडलको श्रृंखलाहरु टेलिभिजनमा सकिनेबित्तिकै युट्युबमा राखिएता पनि नेपालका दर्शकहरुले भने अर्को साता मात्र उक्त कार्यक्रम युट्युबमा हेर्न पाउने भएका छन् । टेलिभिजनले कार्यक्रम युट्युबमा राख्दा नेपालबाहेकका देशहरुमा मात्र तत्काल हेर्न मिल्ने र बाँकी देशहरुमा भने एक सातापछि मात्र हेर्न पाउने गरी युट्युबमा राखेको हो । नेपालभित्रका दर्शकका लागि अर्को साताको शुक्रबार र शनिबार राति १२ बजेदेखि उपलब्ध हुने आइडल टीमले जनाएकाे छ ।
आइडलले यसपटकदेखि आफ्नो कार्यक्रममा डिसहोमलाई बेचेको छ । निर्माण टीमले एकसातासम्म डिसहोमको रियालिटी टिभीमा दैनिक २५ रुपैयाँ तिरेर कार्यक्रम हेर्न मिल्ने बनाएसँगै नेपालमा पनि हेर्न मिल्नेगरी युट्युबमा शो नराखिएको बुझिएको छ ।

व्यवसायिकतालाई अंगाल्दै कार्यक्रम गरिरहेका एपीवान टेलिभिजनले आफ्नो व्यवसायलाई केही फाइदा पुगोस् भन्दै कार्यक्रम डिसहोमलाई बेचेको हो । यसरी कार्यक्रम बेच्दा च्यानल वा कार्यक्रम निर्माण टीमलाई त फाइदै पुग्यो होला तर नेपालमा रहेको युट्युब दर्शकहरुले भने अर्को साता नभई कार्यक्रम हेर्न नपाएको गुनासो गरेका छन् ।
तेश्रो संस्करणको नेपाल आइडलमा पनि अघिल्ला दुई सिजनकै निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् । कार्यक्रमको होस्टिङ भने चलचित्र निर्माता, निर्देशक तथा कलाकार आशिफ शाह र पवनकलीको रुपले परिचित चर्चित कलाकार माम्फी घोसले गर्दैछन् । अमेरिका बस्दै आएकी माम्फीलाई यही कार्यक्रम होस्ट गर्नको लागि भनेर नेपाल बोलाइएको बुझिएको छ ।
प्रविधिको विकासले कति धेरै असम्भव कुराहरुलाई पनि सम्भव बनाएको अवस्थामा नेपालका दर्शकहरुले पनि टेलिभिजनमा सकिनेबित्तिकै युट्युबमा पनि हेर्न पाउनेछन् । नेपालका कार्यक्रम भएको भोलिपल्टै हेर्नको लागि आफ्नो ब्राउजरमा भिपिएनको प्रयोग गर्न सकिने छ । यस्तै मोबाइलमा हेर्नको लागि पनि भिपिएन एप्लिकेसन डाउनलोड गरी नेपाल बाहेका अन्य देशहरुको लोकेसन प्रयोग गरी कार्यक्रम हेर्न सकिनेछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2EPTO8G
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

