भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

८ पुस, एजेन्सी । सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को चौथो दिनको कमाई घटेको छ । काम गर्ने दिन भएकोले पनि सलमान खानको फिल्मको कमाई मंगलबार घटेको भारतीय ट्रेड एनालिस्टहरुले जनाएका छन् । सोमबार १०.७० करोड कमाएको फिल्मले भारतीय बजारबाट मात्र सोमबारसम्म ९१.८५ करोड रुपैयाँ कमाइसकेको छ ।
‘दबंग ३’को कलेक्सनको लेटेस्ट आँकडा सार्वजनिक गर्दै शेयर गर्दै तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘फिल्मले चौथो दिन डबल डिजिटमा कलेक्सन गर्यो । एकदमै शानदार कमाई भन्न मिल्दैन । पाचौँ दिन र छैटौँ दिन (क्रिससको बिदा) फिल्मले आजको कम भएको कलेक्सन उठाउनुपर्छ । फिल्मले शुक्रबार २४.५०, शनिबार २४.७५, आइतबारा ३१.९० र सोमबार १०.७० करोड कमाएको छ ।’

अर्को ट्वीट गर्दै एनालिस्ट आदर्शले दबंग ३ ले दोश्रो हप्तामा पनि पहिलो हप्ताको जस्तै क्रेज कायम राख्नसक्ने अनुमान गरे । सलमानको फिल्मसँगै अक्षय कुमारको फिल्म पनि चुनौती बनेर आइरहेको छ । ‘गुडन्यूज’ फिल्मको कारणले दबंगले पाउने शोहरुको कमि आएको छ । प्रभु देवाको निर्देशनमा बनेको ‘दबंग ३’ १ सय २ करोडको लगानीमा बनेको फिल्म हो । फिल्ममा सलमानको साथमा सोनाक्षी सिंहा, सुदीप, शाइ मञ्ज्रेकरको अभिनय छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35VTTDF
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

