Loading...
Loading...
दोश्रो विवाह गर्दै मनोज गजुरेल !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

८ पुस, काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेल अहिले नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा छन् । त्यहाँ उनले नेपालको कमेडी क्षेत्रमा लागिरहेका नवप्रतिभाहरुलाई गाइड गर्दैछन् । शो मा उनी लगायत अन्य चारजना जजहरु रहेका छन् । सोमबार र मंगलबार प्रसारण हुने कार्यक्रमको सुटिङ प्रायजसो शनिबार हुनेगर्छ । गत सोमबार प्रसारित कार्यक्रममा जज मनोज गजुरेलले आफूले दोश्रो विवाह गर्ने खुलासा गरेका छन् । एक प्रतिस्पर्धीको कमेडीमा उत्तर दिँदै उनले दोश्रो विवाह गर्ने खुलासा गरेका हुन् ।

के हो पूरा मामला ?
सोमबार प्रसारित कार्यक्रमको शुरुवातमा टप १५ बाट बाहिरिएका प्रतिस्पर्धी खड्गबहादुर पुन मगरले वाइल्ड कार्ड इन्ट्रीको लागि आफ्नो प्रस्तुती दिए । प्रस्तुतिको क्रममा उनले भर्खरै विवाह गरेकी नायिका एवं कार्यक्रमकी जज ऋचा शर्मालाई आफ्नो विवाहमा किन नबोलाएको व्यङ्ग्य गर्दै थिए । व्यङ्ग्य गर्ने क्रममा उनले नायिका शर्मालाई पहिलो विवाहमा नबोलाए पनि दोश्रो विवाहमा बोलाउन अनुरोध गरे । सोही क्रममा नायिका शर्माले मनोज गजुरेलले बोलाउने संकेत गरिन् । ऋचाले आफ्नो बोली पूरा गर्न नपाउँदै मनोजले हत्त न पत्त भने, ‘ऋचाले नबोलाए पनि म बोलाउँछु बाबु ।’

दुई वर्षअघि गजुरेलले श्रीमती मीना गजुरेलसँग डिभोर्स गरेका थिए । उनीहरुले एकअर्कासँग सममतिमै डिभोर्स गरेका थिए । उनले दोश्रो विवाह गर्ने भन्दै प्रस्तुतिको क्रममा भनेपनि गर्ने वा नगर्ने आधिकारिक धारणा भने अहिलेसम्म बाहिर आएको छैन । यद्यपि उनले दोश्रो विवाह गर्ने संकेत गरेको हुनसक्ने धेरैको अनुमान छ । ४५ वर्षीय उनी अहिले छोराको साथमा बस्दै आएका छन् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2EULSmp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.