भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

५ पुस, काठमाडौं । विवाहपछि नायिका ऋचा शर्मा पहिलोपटक कमेडी च्याम्पियनको सेटमा पुगेकी छन् । शनिबार ललितपुरमा भएको सुटिङमा उनी पुगेपछि त्यहाँका प्रतिस्पर्धी र जजहरुले उनलाई जिस्काएका थिए । ऋचा शर्मा रातो सारी र सिउँदोमा सिन्दुरमा सजिएर सेटमा पुग्दा गडगडाहट ताली बजेको थियो ।
मंसिर २१ गते राजधानीकै दिपेक्षविक्रम राणासँग विवाह गरेकी उनीहरु सर्ट हनिमुनको लागि सोलुखुम्बुसमेत पुगेका थिए । सोलुखुम्बुबाट २ दिनअघि मात्र फर्किएकी उनी शनिबारको सुटिङमा पुगेकी थिइन् ।
शनिबार सुटिङ भएको कार्यक्रममा ऋचाको पुनरागमनसँगै अर्का दुई अतिथिहरु प्नि थिए । कार्यक्रममा पत्रकार ऋषि धमला र उनकी पत्नि एवं नायिका एलिजा गौतमलाई बोलाइएको थियो । कार्यक्रममा उनीहरुमाथि पनि प्रतिस्पर्धीहरुले गज्जबको व्यङ्ग्य गरेका थिए ।

कमेडी च्याम्पियन नेपालको पहिलो कमेडी रियालिटी शो हो । सोमबार र मंगलबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने शो रातको १० बजेभन्दा पछि भने कमेडी च्याम्पियनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/371J7vB
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

