भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

४ पुष, एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली कमाई र लोकप्रियताका हिसाबमा अरु क्रिकेट खेलाडी मात्रै हाेइन बलिउड स्टारहरु भन्दा पनि अगाडि देखिएका छन् ।

क्रिकेटरहरु सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी, रोहित शर्मा जस्ता क्रिकेटरमात्रै होइन बलिउड स्टारहरु सलमान खान, शाहरुख खान र अक्षयकुमारजस्ता कलाकारलाई पनि कोहलीले उछिनेका छन् । फोर्ब्स म्यागजिनले भारतका १ सय हस्तीहरुको सूची प्रकाशित गरेको छ जसमा पहिलो नम्बरमै बिराट कोहली छन् । यो सूचीमा अघिल्लो तीन वर्षसम्म लगातार सलमान खान थिए । सलमान खानलाई किकआउट गर्दै बिराटले शीर्ष स्थान कायम गरेका हुन् ।
व्यक्तिको पेशा, लोकप्रियता र विज्ञापनबापत कमाएको पैसाका आधारमा यस्तो सूची तयार पार्ने गरिएको फोर्ब्सले जनाएको छ । ३१ वर्षीय कोहलीको कमाई एक वर्षमा २ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ उल्लेख गरिएको छ । म्यागजिनका अनुसार कोहलीले यति धेरै रकम म्याच फी, बीसीसीआई सेन्ट्रल कन्ट्र्याक्ट, ब्राण्ड एम्बेस्डर भएबापत प्राप्त गरेका हुन् । यसबाहेक कोहलीले इन्स्टाग्रामको प्रत्येक प्रयोजित पोष्टका लागि एक करोड रुपैयाँसम्म फी लिने गरेको फोर्ब्सलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।
दोस्रो नम्बरमा अभिनेता अक्षय कुमार छन् । जसले कोहलीको भन्दा धेरै २ अर्ब ९३ करोड २५ लाख रुपैयाँ कमाएका छन् । तर लोकिप्रियताका मामिलामा बिराटलाई जित्न नसक्दा उनी दोस्रो नम्बरमा परेका हुन् । २ अर्ब २९ करोड २५ लाख रुपैयाँ कमाइका साथ सलमान खान यसपटक तेस्रो नम्बरमा झरेका छन् ।
अमिताभ बच्चन र भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी क्रमशः चौथो र पाँचौं स्थानमा छन् । अमिताभले २ अर्ब ३९ करोड २५ लाख र धोनीले १ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेका छन् । छैटौं देखि दशौं स्थानसम्म क्रमशः शाहरुख खान, रणबीर सिंह, आलिया भट्ट, सचिन तेन्दुलकर र दीपिका पादुकोण रहेका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/34BK8Jf
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

