भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२ पुस, काठमाडौं । ह्याक भएको बुढा सुब्बा डिजिटल प्रा.लि.को युट्युब च्यानल पूर्ववत रुपमा फर्काइएको छ । आइतबारदेखि ह्याक भएको प्रा.लि.को युट्युब च्यानल मंगलबार बेलुकीदेखि पूर्ववत अवस्थामा फर्काइएको प्रा.लि.ले जनाएको छ ।
कहाँबाट ह्याक भएको भन्ने बारेमा भने थाहा नभएपनि आफैँले फर्काउन पाइएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ । ह्याक भएको बुढा सुब्बा डिजिटल प्रा.लि.को नाम परिवर्तन भएर म्याट्भे केड्रिन राखिएको थियो ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत ‘तिम्रो घरको वरीपरि’ गीतले एकदमै चर्चा बटुल्दै गर्दा च्यानल ह्याक भएपछि यस विषयमा अझ धेरै चर्चा भएको थियो । २०१३ को नोभेम्बरदेखि सञ्चालानमा आएको युट्युब च्यालनलाई ३५ लाख २० हजारभन्दा बढीले सब्सक्राइब गरेका छन् ।
च्यानलमा नेपाली चलचित्र, म्युजिक भिडियो, चलचित्रका ट्रेलर, गीत, लगायतका सामाग्रीहरु अपलोड हुँदै आएको छ । च्यानलमा ८ हजारभन्दा बढी भिडियोहरु उपलब्ध छन् ।

from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35tCq5j
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

