Loading...
Loading...
भ्वाइस अफ नेपाल सकिएपछि मेचुको आक्रोश, ‘कमजोर नठान्नु, जो आएपनि डराउँदिन’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२ पुस, काठमाडौं । दोश्रो संस्करणको भ्वाइस अफ नेपाल सकिएको छ । मंसिरको तेश्रो सातामा राजधानीको चावहिलमा रहेको हायात ग्राउण्डमा कार्यक्रमको भव्य समापन भयो ।

कार्यक्रममा भ्वाइस अफ नेपालको पहिलो संस्करणको बिजेता सिडी बिजय अधिकारीको साथै दोश्रो संस्करणका उत्कृष्ट १२ जनाले आफ्नो प्रस्तुति दिएका थिए । यस्तै चारैजना कोचहरु दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतले पनि दर्शकहरुलाई आफ्नो प्रस्तुति दिएका थिए । ग्राण्ड फिनालेको दिन करिब २० हजार दर्शकको सहभागिता रहेको आयोजकका दाबी छ ।

ग्राण्ड फिनालेबाट टीम प्रमोदका राम लिम्बु विजयी भएसँगै उनलाई बधाईको ओइरो लाग्यो । सँगै टीम प्रमोदकै सेमिफाइनलसम्म पुगेकी अर्की प्रतिस्पधी मेचु धिमाललाई धेरैले आलोचना गरेका छन् । सेमिफाइनलबाट बाहिरिएपछि आफ्नै टीमको राम लिम्बुलाई सपोर्ट नगरेको भन्दै उनको आलोचना भइरहेको बेला उनले सबैसामू यस विषयलाई स्पस्ट पारेकी छन् ।

मंगलबार साँझ १ लाख १८ हजारभन्दा धेरै लाइक भएको फेसबुक पेजमा राम लिम्बु, प्रमोद खरेल र आफ्नो तस्बिर राख्दै मेचुले राम र आफूले एकअर्कालाई सहयोग गर्नेगरेको बताएकी छन् । आफूहरुले एकअर्काको प्रगतिमा डाह गनुपर्ने कुनै पनि कारण नरहेको स्पस्ट पार्दै उनले कलाकारलाई सकारात्मक नजरले हेर्न र बुझेर बोल्न सबैसमक्ष आग्रह गरेकी छन् । यति लेख्दै गर्दा अन्तिममा उनले लेखेकी छन्, ‘नोटः मेचुलाई कमजोर नठान्नु बोल्नु परेमा जो आएनी डराउदिन ! किनकी कहिल्यै बिराउदिन’

यस्तो छ उनले लेखेको स्टाटसः

~जसले जे भनेनी यो साल भनेको हाम्रो टिम प्रमोदको जितको साल हो, अनि रामले मलाई र मैले रामलाई उत्तिकै बराबर सपोर्ट गरेका थियौ र छौ..! कतिपयको मन अनि आखाले राम्रो काम त पावरवाला चस्मा लाएर पनि कहाँ देख्न सक्दो रछ र हौ ! मैले रामको प्रगतीमा र रामले मेरो प्रगतीमा किन पो आरिस गर्नु आवश्यक छ र! अचम्म लाग्छ😊 ए बा कुरा बढाईचढाई गरेर बस्ने फुर्सद पनि कति छ हौ !😆
~ए मेरा प्यारा दाजुभाई अनि दिदिबहिनीहरु…कलाकारलाई सकारात्मक नजरले हेर्ने, सोच्ने अनि बोल्ने गर्नुहोस…मान्छेको चरित्र उसलाई नभेटिकनै उसङ्ग नबोलिकनै आलोचना गर्ने काम राम्रो होईन..!सक्नु हुन्छ भने सधै सबैको लागि राम्रो सोच्ने गर्नुस हैन भने यात्रामा हिडिरहेको मान्छेलाई अन्धाधुन्दामै ढुङ्गा हान्ने काम नगर्नुहोस…!! ढिलोचाडो एकदिन यो सन्सार सबैले छाड्नु पर्छ यो कुरा कहिल्यै नभुलौ..!😊

(नोट:- मेचुलाई कमजोर नठान्नु बोल्नु परेमा जो आएनी डराउदिन! किनकी कहिल्यै बिराउदिन😊😊)



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2PviwBp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.