भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२ पुस, एजेन्सी । भारतीय टेलिभिजनको सबैभन्दा चर्चित र विवादित रियालिटी शो ‘विग बोस सिजन १३’मा सयमसँगै रोचक बन्दै गइरहेको छ । घरका सदस्यहरुबीचको समिकरणका कारण दर्शकहरुले रमाइलो कार्यक्रम हेर्न पाइरहेका छन् । कार्यक्रमकै प्रतिस्पर्धी माहिरा शर्मा र पारस छाबडा पछिल्लो केही सातादेखि नजिकिएको कुरा सबैसामू छर्लङ्गै छ । तर सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा कार्यक्रममै उनीहरु एकअर्कासँग नजिक भइरहेका छन् ।
विगबोसको एक क्लिपमा पारसले माहिरा शर्मालाई किस गरेका छन् । यसअघि विशाल–मधुरिमा, रश्मि–अरहान र असीम–हिमांशी पनि एकअर्कासँग रोमान्टिक भएका थिए । सिक्रेट रुममा बसेका बेला सिद्धार्थ र पारसले घरभित्र भएको सबै कुराहरु देखेका थिए । तर जब सिक्रेट रुमबाट पारस बाहिर आउनेबित्तिकै उ माहिरप्रति एकदमै नरम बनेको छ भने बेलाबेला रोमान्टिक पनि बनेका छन् ।

सार्वजनिक भिडियोमा उनीहरु एक सोफामा बसेका छन् र एकअर्काको नजिक आउँदै किस गरेका छन् । केहीबेर माहिरलाई जिस्काएपछि पारसले उनलाई किस गरेका हुन् । शोमा कतिपय समय माहिराले पारसलाई आफ्नो हातले खाना खुवाएकी थिइन् । उसो त शहनाजले पनि पारसप्रति आफ्नो प्रेमको बारेमा हालसालै भनेकी थिइन् । शहनाजले यसो गर्दा सिद्धार्थ शुक्ला भने शहनाजसँग रिसाएका थिए ।
बिगबोस कार्यक्रममा केही सदस्यहरुलाई तीन देखि चार माहिनाको लागि एउटा घरमा राखिन्छ । उनीहरुलाई कुनै पनि इन्टरनेट, मोबाइल र टेलिभिजन लगायत सामाजिक सञ्जालहरु पनि चलाउन पाइने छैन । उनीहरुको दिनरातको हर्कतलाई १ सय ५० भन्दा बढी क्यामेराहरुबाट निरीक्षण गरिरहेको हुन्छ । रेस्टरुम र चेन्जिङ रुममा मात्र क्यामेराको प्रयोग गरिएको हुँदैन । उनीहरुलाई त्यहाँ निश्चिल टास्क दिइएको हुन्छ । त्यो पूरा गर्नुपर्ने हुन्छ ।
Exclusive jhalak#SidharthaShukla #BB13#Sidnaaz#PaHira #MahiraSharma pic.twitter.com/Km1QVqXLo7
— MiRtUnJaY pAtHaK (@JhOoNuP) December 18, 2019
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2S5wewl
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

