राष्ट्रिय सभाको चुनावमा नेकपा- राजपाबीच तालमेल गर्ने सहमति
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी बीच एक आपसमा सहयोग सहमति भएको छ।
बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीच बैठकमा सो सहमति भएको हो।
माघ ९ मा प्रदेश २ मा रिक्त रहेका ४ स्थानमा चुनाव हुँदैछ।
चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ।
त्यसैगरी, महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपालाई नेकपाले सहयोग गर्ने सहमति भएको हो।
सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, दुई पार्टीले राष्ट्रिय राजनीतिकमा विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ।

- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/38Uxita via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

