भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

३ पुस, एजेन्सी । भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ले पछिल्लो समय टिआपीमा आफूलाई अब्बल सावित गर्दै आइरहेको छ । शोले दर्शक सँगसँगै बलिउडका स्टारहरुको पनि मन जितिरहेको छ । हालै अक्षय कुमार आफ्नो आगामी फिल्म ‘गुड न्यूज’कोे स्टारकास्ट करीना कपूर, कियारा आडवानी र दिलजित दोसांझको साथमा फिल्मको प्रोमोशनको लागि कपिल शर्मा शोमा पुगेका छन् । उनीहरुको साथमा कपिल शर्माले शो को १ सयौँ एपिसोड मनाएका छन् ।
कपिल शर्मा शोले १ सय एपिसोड पुरा गरेको कार्यक्रमको सुटिङको एक छोटो क्लिप आफ्नो इंस्टाग्राममा राखेका छन् । भिडियोमा १ सयौँ एपिसोडमा कपिलको सट्टा अक्षय कुमारले कार्यक्रमको होस्ट गरेको देख्न सकिन्छ । शोमा अक्षय कुमारले एकदमै रमाइलो गरेका छन् । शो मा अर्चना पुरन सिंहले अक्षय कुमारलाई अब होस्टको काम पनि गर्छौ तिमी भन्छिन् । जसलाई काउन्टर दिँदै अक्षय भन्छन्, ‘अर्काको काम खोस्ने कुरा मैले तपाईंबाट नै सिकेको हो भन्ने जवाफ दिन्छन् ।’ यो शो आगामी शनिबार प्रसारण हुनेछ ।

अर्चनाको स्थानमा त्यसअघि नवजोत सिंह सिद्धु थिए तर पाकिस्तानी प्रधानमन्त्रीको सपथ ग्रहणमा गएपछि उनलाई शो बाट हटाउनुपर्ने दर्शकहरुको मागलाई मध्यनजर गर्दै सोनी टिभीले उनलाई हटाएको थियो । उनलाई हटाउनु अघि कमजोर रहेको शोको टिआरपी त्यसपछि भने गज्जबले बढेको थियो । राज मेहताको निर्देशनमा बनेको फिल्म ‘गुड न्यूज’ २७ डिसेम्बरदेखि प्रदर्शन हुँदैछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2tqba9B
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

