भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

९ पुस, काठमाडौं । भारतकी चर्चित गायिका आशा भोस्ले काठमाडौं आइपुगेकी छन् । शनिबार हुने सांगीतिक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुगेकी हुन् ।
साधना कला केन्द्रले आयोजना गर्न लागेको रञ्जीत गजमेरको एक संगीत रहेका गीतहरुको कार्यक्रममा गाउन उनी आएकी हुन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गजमेरले स्वागत गरेका थिए ।
भोस्लेलाई पञ्चकन्याले दीप प्रज्वलन गरी भव्य स्वागत गरेका छन् । भोस्ले आउने भनेपछि विमानस्थलको सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो ।

भोस्लेले ६० भन्दा बढी नेपाली चलचित्रका गीतमा आवाज दिएकी छन् । गायिका भोस्लेले ‘नयाँ नयाँ सजाऔ है संसार’, ‘डाँडा खोला बगर’, ‘पहाडको माथिमाथि’, ‘मोहनी लाग्ला है’ जस्ता चर्चित गीतहरु गाएकी थिइन् ।
बिहीबार र शुक्रबार उनी पशुपति, लुम्बिनी र मुक्तिनाथ जाने आयोजकले जनाएको छ । कार्यक्रम शनिबार साँझ राजधानीकाे साेल्टी हाेटेलमा हुँदैछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2PY4EzY
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

