भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१० पुस, काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले बुधबार श्रीमती नीलम शाहसँग सम्बन्ध बिच्छेद गरे । ढकालकी श्रीमती निलम साहले जिल्ला अदालतमा दिएको निवेदनमा बुधबार उनीहरुबीच न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्ने सहमति भएको हो ।
उनीहरुले सम्बन्ध बिच्छेद गरेसँगै सामाजिक सञ्जालमा उनीहरुको विषय हटकेक बनिरहेको छ । सम्बन्धबिच्छेदसँगै उनीहरुबीच भएको सहमतिमा निलमले रामकृष्णको कुनैपनि अंश नलिने भएकी छन् भने छोरी रानी ढकाल आमासँगै बस्ने भएकी छन् । बुधबार सम्बन्ध बिच्छेद भएपनि सम्बन्ध बिच्छेदको भित्री कारण भने बाहिर आएको छैन ।
सम्बन्ध बिच्छेदकै दिन गायक ढकाललेभ ने आफ्नो र निलमको तस्बिर आफूहरुको सम्बन्धमा कुनै पनि चिसोपना नआएको बताएका छन् । उनले सम्बन्धमा चिसोपना नआएपनि अदालतले भने उनीहरुले डिभोर्स गरेको पुष्टि गरिसकेको छ ।
उनले लेखेका छन्, ‘मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु ।’

उनी थप्छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु । विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’
‘सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो । यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् ।’ रामकृष्ण लेख्छन् ।
उनी अन्तिममा भनेका छन्, ‘हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन । आशा छ तपाईहरुको माया रहिरहने छ । सबैको दिन शुभ रहोस !’
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sYAmUx
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

