भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२९ कात्तिक, काठमाडौं । बहुविवाह सम्बन्धी उजुरी परेकी नायिका शिल्पा पोखरेल जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी छन् ।
शुक्रबार बबरमहलमा हाजिर भएकी शिल्पाविरुद्ध पति एवं चलचित्र निर्माता छवि ओझाकी पहिलो श्रीमती हेमा ओझाले बहुविवाहसम्बन्धी उजुरी गरेकी थिइन् । छविसहित मुद्दा दर्ता गरेको भएता पनि छविराज अहिलेसम्म बाहिर आएका छैनन् । उनी अहिले पनि भूमिगत अवस्थामा छन् ।

शुक्रबार अदालतमा हाजिर भएपनि शिल्पालाई अदालतले साधारण तारेखमा रिहा गरेको छ । मुद्दाको टुङ्गो नलागेसम्म अदालतले बोलाएको समयमा हाजिर हुनेगरी उनी रिहा भएकी हुन् । अब उनले सामाजिक जीवनयापन सहज रुपमा निर्वाह गर्न पाउने भएकी छन् । यसअघि उनी प्रहरीले पक्रन्छ की भन्ने डर लिएर बस्नुपर्ने अवस्था थियो ।
२०७३ साल असार २९ गते बिहे गरेकी नायिका पोखरेल र निर्माता छवि ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो । हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । तर, गौशाला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो । छवि र शिल्पाले गतबर्षको पुसमा मात्र बिहे दर्ता गरेका थिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2NP099w
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

