भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

३० कात्तिक, एजेन्सी । अनिल कपुर बलिउडका सफल नायक हुन् । दशकौं देखि फिल्मबाट भरपुर मनोरञ्जन दिन सफल कपुर सदाबहार नायकका रुपमा बलिउडमा स्थापित छन् । सन १९८० को देखि चलेको उनको फिल्मी यात्राले कहिल्यै बिश्राम लिएको छैन ।
यही महिना मात्रै अनिल कपुरको चलचित्र पागलपन्ती प्रदर्शनमा आउँदैछ । लामो करियरमा अनिलले काम नगरेका कमै बिधा होलान चलचित्रमा तर जब उनलाई सोधियो- यति लामो फिल्मी यात्रा अब केही बाँकी छ कोशिस गर्न ?
तत्कालै उनको उत्तर आइहाल्यो- “मलाई यही प्रश्न १५ वर्ष अघि पनि सोधिएको थियो, १० वर्ष अघि पनि सोधिएको थियो र मेैले सय पटक भन्दा बढि पटक भनिसके, एउटा कलाकारलाई एउटा जीवन पर्याप्त छैन् ।”

एक भारतीय समाचार एजेन्सीसंग कुरा गर्दै अनिल कपुर भन्छन्, “फिल्म भनेको समुन्द्र हो र समुन्द्रलाई जीत सकिन्न । जतिनै धेरै काम गरेपनि गर्न बाँकी कुरा केही न केही रहेकै हुन्छन् ।”
यसैगरि उनले ९९.९९ प्रतिशत आफूले काम गरेका चलचित्रबाट उत्साहित रहने गरेको पनि बताए।
प्रदर्शनमा आउन लागेको चलचित्रमा पागलपन्तीमा उनका अलावा जोन अब्राहम, अरशक वार्सी, पुलकित शर्मा र सौरभ शर्मा लगायतका कलाकारहरु छन्।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2CLjnXz
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

