भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

५ मंसिर, काठमाडौं । चर्चित गायक एवं मोडल दुर्गेस थापा र पूर्वयुवराजसँग नाम जोडिएकी मोडल एवं युट्युबर सोनिका रोकायाको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको । ‘विदेशको पिआर छ’ बोलको गीतमा दुर्गेस र सोनिकाको साथमा राजाराम पौडेलको पनि अभिनय छ ।

चर्चित एवं लोकप्रिय गायक तथा संगीतकार बसन्त थापाको संगीतमा रहेको गीतमा स्वयं संगीतकार थापा र अनिता चलाउनेको स्वर छ । आशिष अविरलको एरेञ्ज गरेको गीतका शब्द प्रह्लाद सुवेदीले लेखेका हुन् । गीतका शब्दहरुमा विदेशमा बसेर आएको केटाले भर्खर १२ पास गरेकी केटीसँग विवाह गर्न खोजेको कुरा समेटिएको छ ।
बब्बु थापाको निर्देशनमा बनेको गीतमा मौसम हिमालीको कोरियोग्राफी छ । अजय रेग्मीले खिचेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । गीतको सुटिङ राजधानीको एक होटलमा गरिएको छ । अनिता चलाउने र कृष्ण पाठकले निर्माणमा बनेकाे गीत अनिता चलाउनेकाे युट्युब च्यालनबाट सार्वजनिक भएकाे हाे । हेरौँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2D5NIAd
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

