भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

६ मंसिर, एजेन्सी । चर्चित भारतीय संगितकार, गायक तथा जज अनु मलिक एक पटक फेरी इण्डियन आइडलको शो बाट निकालिएका छन्।
गत वर्षदेखी नै उनीमाथि लागेको सेक्सुअल ह्यार्यसमेन्टको आरोपले गर्दा उनले आइडलको जजबाट हात धुनु परेको हो।

सोनी टेलिभिजनले पनि यसको पुष्टि गरेको छ । अनु मलिकको स्थानमा आइडलमा जज बनेर को आउँछ भन्ने कुरा भने टेलिभिजनले बताएको छैन् ।
बिहिबार गायीका सोना महापात्राले भारतीय महिला तथा बालविकास मन्त्री स्मृती इरानीलाई खुलापत्र लेख्दै यस विषयमा हस्तक्षेप गर्ने अपिल गरेकी थिइन्। त्यस लगतै भारतीय महिला आयोगले सोनी टेलिभिजनसंग यस विषयमा सफाई मागेको थियो ।
२०१८ मा पनि इण्डियन आइडलबाट निकालिएका थिए अनु मलिक
अघिल्लो वर्ष ईन्डियन आइडलको शो चल्दै गर्दा सोना महापात्रा, नेहा भासिन, श्वेता पण्डित लगायतका महिलाहरुले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए। त्यसपछी सोनी टेलिभिजनले उनलाई शोको जजबाट निष्कासन गरेको थियो।
तर पनि इण्डियन आइडलको ११ औं सिजनमा उनी फेरी इण्डियन आइडलको जज बनेर आएका थिए जसको सोना महापात्रा, नेहा भासिन र श्वेता पण्डितले लगातार सोसियल मिडियाबाट विरोध गर्दै आएका थिए।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Ox3oBK
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

