Loading...
Loading...
भ्वाइसमा ‘नकआउट राउण्ड’ शुरु, कसरी छानिन्छन् तीन प्रतिस्पर्धी ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

८ कात्तिक, काठमाडौं । ‘द भ्वाइस’को नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’ अहिले नेपाली टेलिभिजनमा चर्चित शोमध्येको एक हो । विश्वकै सबैभन्दा उत्कृष्ट शो ‘द भ्वाइस’को फ्रेन्चाइजी शो भएकै कारण पनि यसले नेपालमा लोकप्रियता कमाएको हुनसक्ने धेरैको अनुमान छ । शोले जति चर्चा कमाइरहेको छ त्योसँगै यसमा भएको राउण्डहरुको ब्यापक चर्चा भइरहेको छ ।

साउनबाट शुरु भएको भ्वाइस अफ नेपालको दोश्रो संस्करणमा चारजना कोचहरुको चारवटा टीम छ । कोचहरुमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत रहेका छन् । उनीहरुले आफ्ना प्रतिस्पर्धीहरुलाई कोचिङ गर्दै सबैभन्दा उत्कृष्ट प्रस्तुती दिन लगाउछन् ।

‘भ्वाइस अफ नेपाल’को शुरुवातको र रोचक राउण्ड भनेको ब्लाइण्ड अडिसन हो । यसमा चारजना कोचहरुले प्रतिस्पर्धीको अनुहार हेर्दैनन् । उनीहरुको स्वर सुनेकै आधारमा प्रतिस्पर्धीहरुलाई आ–आफ्नो टीमम लिनुपर्ने हुन्छ । एक वा एकभन्दा बढी कोचहरुको कुर्सि घुमेमा उनीहरु अर्को चरणको लागि छानिने छन् । यसमा अनुहार, हाउभाउ र भावनामा बगेर प्रतिस्पर्धीहरुलाई छान्ने सम्भावना हुँदैन ।

ब्लाइण्ड अडिसनबाट छानिएकाहरु आ–आफ्नो टीमका प्रतिस्पर्धीहरुसँगै प्रतिस्पर्धा गर्ने गर्छन् । यसलाई ब्याटल राउण्ड भनिन्छ, जसमा प्रतिस्पर्धीले आफ्नै टीमका दुई जनाबीच प्रतिस्पर्धा गराइन्छ । ब्याटल राउण्डमा दुइमध्ये एकजना मात्र छानिन्छन् । यो राउण्डमा हरेक कोचहरुले एकएक वटा ‘स्टिल’ गर्न पाउने सुविधा पनि छ । स्टिल भन्नाले अरु कुनै टीमका कोचहरुले छानेर बाँकी रहेका प्रतिस्पर्धीलाई आफ्नो टीममा लिनु हो । भ्वाइस अफ नेपालको पहिलो सिजनमा एक टीमले दुईजनासम्म स्टिल गर्न पाउने व्यवस्था राखेको भएता पनि यसपटकका भने प्रत्येक टीमले एकजनालाई मात्र छान्नुपर्नेछ ।

भ्वाइस अफ नेपालमा अहिले ब्याटल राउण्ड सकिएर नकआउट राउण्ड शुरु भएको छ । ब्याटलबाट हरेक टीममा ९–९ जना प्रतिस्पर्धीहरु रहेका छन् । उनीहरुलाई अब नकआउट राउण्डमा प्रतिस्पर्धा गराइँदैछ । पहिलो सिजनमा नकआउट राउण्ड नराखिएको कारण यसपटक दर्शकहरुलाई यो राउण्डको बारेमा बुझ्न समय लाग्नसक्छ । कार्यक्रम निर्माण टीमले सार्वजनिक गरेको एक प्रोमोमा नकआउट राउण्डलाई डरलाग्दो राउण्डको रुपमा परिभाषित गरेको छ । यो राउण्डमा हरेक टीमका ९ जना प्रतिस्पर्धीमध्ये ३ जनालाई मात्र अर्को लाइभ राउण्डमा लैजान मिल्ने निर्माण टीमले जनाएको छ । यो राउण्डमा स्टिल र अन्य बिशेष अधिकार हुँदैन ।

यहाँ एक टीममा भएका ९ जनालाई तीन–तीन जनाको समूहमा विभाजन गरी तीनवटा समूह बनाइनेछ । समूहका तीनजनलाई एकैपटक स्टेजमा ल्याएर तीनजनालाई फरक–फरक गीत गाउन लगाइनेछ । जसमध्ये सबैभन्दा उत्कृष्ट मध्ये एकजना छानिने छन् । यानिकी हरेक समूूहबाट एक–एक जना गरी एउटा टीमले जम्मा तीन जनालाई लाइभ शोमा लैजान पाउनेछन् । बाँकी ६ जना त्यहि स्टेजबाट घर फर्कनेछन् । यसरी हरेक टीमको तीन–तीन जना गरी छानिएका जम्मा १२ जना प्रतिस्पर्धीले लाइभ राउण्डमा आफ्नो प्रस्तुती दिनेछन् ।

चारवटा टीममध्ये सबैको टीम उत्कृष्ट देखिन्छ । सबैले आ–आफ्ना टीमका सदस्यहरुलाई सक्दो राम्रो प्रस्तुती दिनको लागि पहल गर्नेछन् । आखिर कुन टीमको पक्षमा जाला त दोश्रो संस्करणको भ्वाइस अफ नेपालको उपाधि ? त्यो थाहा पाउनको लागि भने हामीले अझै कुर्नैपर्ने हुन्छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2BG8fuo
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.