Loading...
Loading...
प्रहरी चौकी जानुअघि नै मिल्यो मिडिया हब र सक्किगोनिको विवाद
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

८ कात्तिक, काठमाडौं । हास्यटेलिश्रृंखला ‘सक्किगोनि’ र मिडिया एजेन्सी मिडिया हबबीचको विवाद मिलेको छ । प्रहरी कार्यालय जानु अघिनै मिडिया हबका प्रवन्ध निर्देशक सोम धिताल र ‘सक्किगोनि’का लेखक तथा निर्देशकद्वय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)बीच भएको आपसी समझदारीमा विवाद मिलेको हो ।

विवाद मिलेसँगै अब दुबै हास्यटेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’लाई दर्शकहरुले नियमित हेर्न पाउने भएको सक्किगोनिका लेखक तथा निर्देशकमध्येका एक कुमार कट्टेलले बताए । उनले भने, ‘हामीहरुबीच एकअर्कालाई सम्मानको दृष्टिले हेर्दै आगामी दिनमा यस विषयलाई दुबै पक्षले नउठाउने सहमती भएको छ । त्यसैगरी अब भद्रगोल र सक्किगोनी हास्यटेलिसिरियल पनि नियमित प्रसारण हुनेछ ।’

हास्यटेलिसिरियल भद्रगोल छाडेका कलाकारले उही पात्र राखेर सक्किगोनी टेलिसिरियल सुरु गरेपछि दुई पक्षबीच विवाद बढेको थियो । पात्रहरू आफूले जन्माएकाले त्यो आफ्नो सम्पत्ति भएको भन्दै मिडिया हबले पात्र चोरीको उजुरी प्रहरीकोमा गरेको थियो ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/32WmVSl
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.