Loading...
Loading...
बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डको ‘वान टु वान’ वार्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पार्टी एकीकरण र आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सम्बन्धमा भएको भद्र समझदारीको विषयलाई लिएर दूरी बढेको समाचार सार्वजनिक भइरहेका थिए ।

यद्यपि, अजरबैजानको बाकुबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुबीच कुनै पनि प्रकारको दूरी नरहेको बताएका थिए ।

आइतबार नै भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका कामप्रति भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चीर्ने अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

सोमबार बिहान भएको भेटमा दुई नेताबीच पार्टी एकीकरण प्रक्रियाका बाँकी काम, आसन्न उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

ओली र प्रचण्डबीच एक्लाएक्लै ‘वान टु वान’ बार्ता भएको जनाइएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2phED3O via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.