Loading...
Loading...
बिग बोसका ६ परिवर्तनः पुरुषभन्दा महिला बढी, सँगै सुत्ने जोडी खोज्नुपर्ने !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ असोज, एजेन्सी । टेलिभिजन रियालिटी शो बिग बोसको १३ औं सिजन हिजो आइतबारदेखि सुरु भएको छ ।

अघिल्ला सिजनजस्तै यसपटक पनि नायक सलमान खानले शो को होस्ट गर्नेछन् । हिजो बिग बोसको ग्राण्ड ओपनिङ गरिएको छ । कार्यक्रममा १३ जना प्रतियोगी सहभागी छन् । बिग बोसले यो सिजनमा गरेका केही परिवर्तनलाई यहाँ प्रस्तुत गरिएको छ ।

१. ८ महिला ५ पुरुष

बिगबोसमा पहिलो पटक पुरुषभन्दा महिलाको संख्या बढी गरिएको छ । कार्यक्रममा सहभागी १३ सदस्यमध्ये ८ महिला छन् । रश्मी देसाई, देबोलीना भट्टाचार्य, कोयना मित्रा, माहिरा शर्मा, शेफाली बग्गा, शहनाज गिल, दलजीत कौर र आरती सिंह छन् । यसपटक प्रतियोगितामा सहभागी पुरुषहरु हुन्, सिद्धार्थ शुक्ला, अबु मलिक, सिद्धार्थ डे, पारस छाबडा र आसिम रियाज ।

२. बेड फ्रेन्ड फरएभर (बीएफएफ)

यस नियमअनुसार हरेक प्रतियोगीले प्रतियोगितामा प्रवेश गर्ने बेलामै आफ्नो बीएफएफ चयन गर्नुपर्नेछ । प्रतियोगिता अवधिभर प्रतियोगिले बीएफएफसँग बेड शेयर गर्नुपर्नेछ । पहिलो दिन हरेक प्रतियोगीलाई बीएफएफवाला एउटा कलर ट्याग दिइएको छ र उनीहरुलाई घरभित्र गएर आफ्नो बेड पार्टनर चयन गर्न भनिएको छ । मंगलबार को कोसँग सुत्छन् भन्ने पत्ता लाग्नेछ ।

३. घर मालिक्नी अमीषा पटेल

पहिला सिर्फ बिग बोस घरको मालिक हुन्थे । यसपटक भने बिग बोसका साथसाथै बलिउड एक्ट्रेस अमीषा पटेललाई घरको मालिक्नी बनाइएको छ । बिगबोसको पहिलो श्रृंखलामा अमिषाले भनिन्, ‘धेरैजसो प्रतियोगी जाे घरभित्र प्रवेश गर्दैछन् उनीहरु सिंगल छन्, उनीहरु सिंगल घरभित्र पसेर शायद डबल भएर निक्लनेछन् ।’

४‍. सबै काम पहिला नै बाँडफाँड

अघिल्लो श्रृंखलामा घरमा बस्नेहरुमध्ये एकजनालाई कप्तान बनाइथ्यो । तर तिनै कप्तानले घरमा बस्नेहरु कसले के गर्ने भन्ने निर्धारण गर्थे । तर यसपटक सबै काम पहिला नै बाँडफाँड गरिएको छ । कसले खाना बनाउने, कसले घरको सरसफाई गर्ने, कसले ट्वाइलेट सफा गर्ने, सबै काम पहिला नै तोकिएको छ ।

५.चौथो हप्तामा फाइनल

कार्यक्रमको प्रिमियरका क्रममा सलमान खानले यसको फाइनलबारे खुलासा गर्दै यसमा हुनेवाला ट्वीस्टबारे संकेत गरेका छन् । यसपटक केही प्रतियोगि चार हप्तामै आफ्नो स्थान बनाउन सक्नेछ ।

६ लोकेशन परिवर्तन

अहिलेसम्म बिग बोसका अघिल्ला कार्यक्रमहरु आलीशान घर मुम्बइभन्दा बाहिर लोनावलामा बनाइने गर्दथ्यो । तर यसपटक मुम्बइकै फिल्मसिटीमा बनाइएको छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2otWUtY
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.