भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार नुवाकोटको लिखु गाउँपालिका–४ चौघडामा आयोजित क्षेत्र १ र २ को संयुक्त क्षेत्रीय सम्मेलनमा सहभागी हुन पुगे । तर, जिल्लाको प्रभावशाली नेताहरू कार्यक्रममा सहभागी भएनन् ।
नुवाकोटलाई राजनीतिक आधार बनाएर केन्द्रीय नेता भएका डा। रामशरण महत र अर्जुननरसिंह केसी जिल्लाकै कार्यक्रममा सहभागी नभएपछि पार्टीभित्रको तिक्तता सार्वजनिक भएको हो । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सबै क्षेत्रबाट पराजित भएपछि कांग्रेसको जिल्लास्तर महत्वपूर्ण भनिएको सम्मेलनमा दुई केन्द्रीय नेताहरुको अनुपस्थितीले कार्यक्रमलाई खल्लो बनाएको कार्यकर्ताले बताए ।
जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टीमा गुटबन्दी नगर्न सभापति देउवालाई सुझाव दिए । उनले भने ‘पार्टीमा गुटबन्दी कायम भए कांग्रेस सकिन्छ । कांग्रेसको जागरण अभियानबाट थाहा भयो कार्यकर्ताले गुटबन्दी मन पराएका छैनन् ।’ केसी र महत दुवैले पूर्वनिर्धारित कार्यक्रमको बहाना बनाएर कार्यक्रममा सहभागी भएनन् । उनीहरुले पूर्वनिर्धारित अन्य कार्यक्रम भने असन्तुष्टि जनाउँदै सहभागी नभएको कांग्रेस स्रोतले जनाएको छ ।
सहमहामन्त्रीमा डा। प्रकाशरण महतको निर्देशनमा अर्जुननरसिंह केसी र डा रामशरण महतले कार्यक्रम बहिस्कार गरेको भनाइ छ । पार्टीको विधानविपरीत दुइटा क्षेत्रको सम्मेलन एकै ठाउँमा गरिएको भन्दै जिल्लाको संस्थापन पक्ष असन्तुष्ट भएको हो । कार्यक्रमबारे प्रचार गर्ने प्रचार सामग्रीमा देउवा, गच्छदार र सहमहामन्त्री डा। महतको फोटो राखिएको थियो भने नेता अर्का दुई नेताको फोटो राखिएको थिएन ।
कार्यक्रममा सभापति देउवाले पार्टीभित्रको एकतामा जोड दिँदै गुटबन्दी नगर्न आग्रह गरे । उनले पार्टीलाई आगामी निर्वाचनमा अगाडि ल्याउन नेता कार्यकर्ताको एकता आवश्यक रहेको बताए । ‘पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नु पर्छ । पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्छ’ उनले भने ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XSmKoo via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

