Loading...
Loading...
आर्थिक वर्ष २०७६-७७ का लागि सातै प्रदेशकाे बजेट सार्वजनिक: कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानीलगायत प्राथमिकतामा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डाै । सातवटै प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७६-७७ का लागि आइतबार बजेट सार्वजनिक गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आइतबार बजेट सार्वजनिक गरेका हुन् । प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले वार्षिक बजेट सार्वजनिक गरेकाे याे दाेस्राे पटक हाे । उनीहरुले कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी लगायतलाई प्राथमिकता दिएका छन् ।

प्रदेश एक

प्रदेश १ ले आइतबार ४२ अर्ब २० करोडको बजेट ल्याएको छ ।

आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालुतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड र चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने अनुमान छ ।

सडक, सुरुङमार्ग सहितका ठूला योजना र पर्यटकीय क्षेत्रको विस्तार प्रदेश १ को बजेटमा मुख्य प्राथमिकतामा समेटिएका छन् । साथै प्रदेश १ सरकारले कर्मचारीको तलव बृद्धि गरेको छ । संघीय सरकारबाट निर्धारण भएको तथा कायम हुने तहगत प्रणाली अन्तर्गतको तलव, ग्रेड, महंगी भत्ता, सञ्चयकोष, पोशाक खर्च, बीमा लगायतका अन्य सुविधा प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको हकमा समेत लागू गर्ने प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

प्रदेशमा समायोजन भई एक वर्ष कार्यावधि पुरा गरेका कर्मचारीलाई नेपाल भ्रमणका लागि ६ दिनको विदा र २५ हजार एकमुष्ठ प्रदान गर्ने उल्लेख छ ।

प्रदेश दुई

प्रदेश २ सरकारले नयाँ आर्थिक वर्षका लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश २ का आर्थिक मामिलामन्त्री विजयकुमार यादवले प्रदेश सभामा बजेट पेश गर्नुभएकाे हाे । चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार विनियोजन गरिएको छ । बजेटको स्रोतका रुपमा आन्तरिक राजश्वबाट १३ अर्ब ५४ करोड ३१ लाख ६९ हजार, केन्द्र सरकारबाट प्राप्त विभिन्न अनुदानबाट १६ अर्ब १७ करोड ७४ लाख र चालुआर्थिक वर्षको नगद मौज्दात हुने ७ अर्ब ७० करोड ७२ लाख ९२ हजार र १ अर्ब ३० करोड आन्तरिक ऋण लिइनेछ ।

बजेट कृषि, छोरीलाई शिक्षा, उद्योग पर्यटन, सडक लगायतमा विनियोजन गरिएको छ । प्रदेश २ सरकारले आगामी बर्षपनि ‘बेटी पढाऔं, बेटी बचाऔँ कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको छ । यसका लागि ३९ करोड ३३ लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

प्रदेश तीन

प्रदेश ३ सरकारले झण्डै ४८ अर्बको बजेट ल्याएको छ । प्रदेशसभाकोआइतबारकाे बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ४७ अर्ब ६० करोड ८० लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

चालूतर्फ २४ अर्ब ४० करोड ७९ लाख र पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार छुट्टाइएको छ । बजेटले प्रदेशका १३ वटै जिल्लामा राष्ट्रिय गौरवका आयोजना, कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई मुख्य प्राथमिकता दिएको छ ।

प्रदेश ३ ले गरिबी न्यूनीकरण, छोरी–बुहारीलाई उच्च शिक्षा, सुरुङ मार्ग निर्माणका लागि पनि बजेट छुट्टाएको छ ।

गण्डकी प्रदेश

अरु प्रदेशले जस्तै कृषि, पर्यटन र पूर्वाधार विकासलाई नै मुख्य प्राथमिकता दिएर गण्डकी प्रदेश सरकारले बजेट ल्याएको छ । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ ।

प्रदेश पाँच

प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोड बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे हाे ।

चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख तथा पूँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख छुट्टाइएको छ ।

आन्तरिक श्रोतबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँडबाट ३० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट ५ अर्ब, समपुरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने अनुमान रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।

यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ ।

समपूरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुने र नपुग ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने लक्ष्य राखिएको छ । कर्णाली सरकारले अरु कार्यक्रमसँगै बैंक खाता छोरीको सुरक्षा जिवनभरीको कार्यक्रम अन्र्तगत छोरी जन्मेपछि २० वर्षसम्म मासिक ५ सय रुपैयाँ खातामा जम्मा गर्ने कार्यक्रम ल्याएको छ ।

साथै कर्णाली सरकारले छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

सुदूरपश्चिम प्रदेश

कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध जस्ता पूर्वाधार विकासलाई प्राथमिकता दिएर सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोड रुपैयाँको बजेट ल्याएको हो । आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गर्नुभयो ।

चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ ।

मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा २ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ भने सबै जिल्लामा छात्रवास निर्माणको योजना पनि परेको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31y4keN via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.