Loading...
Loading...
नुवाकोट जग्गा कब्जा प्रकरण– कसरी मुछिए साध्यबहादुर भण्डारी ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नुवाकोट । नुवाकोटमा केही सोझासीधा जनताहरुलाई जग्गा दिलाइदिन्छु भन्दै वडा कार्यालय नै कब्जा गरी विद्यालयको करोडौंको जग्गा हडप्ने दुश्प्रयास गरेका देखयौं । जसमा भू–माफियाहरुलाई संरक्षण गर्न जनमोर्चा नेपाल पार्टीका पूर्व अध्यक्ष एवं हाल नेकपाका नेता साध्यबहादुर भण्डारीको नाम पनि जोडिएको छ ।

लिखुगाउँपालिका वडा नम्वर ४ चौघडाका वडा अध्यक्ष दलबहादुर राईले नेता भण्डारीले जवरजस्ती जग्गा कब्जा गर्न खोजेको आरोप लगाए । वडा अध्यक्ष मात्र होइन नेता भण्डारीले क्याबिनेटबाट सजिलैसँग जुनसुकै जमिन पास गराउन सक्ने कुरा सुनाएपछि आ–आफ्नो जमिन खोसिने डर भएको स्थानीयवासी तथा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र बस्ती बताउछन् ।

गएको जेठ १५ गतेका दिन चौघडाको वडा कार्यालयमा दलबलसहित पुगेका नेता साध्यबहादुर भण्डारीले १५ करोडभन्दा बढी मूल्य पर्ने क्षेत्रपाल माविको १८८, १८९, १९० नंबर कित्ता जग्गा कब्जा गर्न वडा कार्यालय नै नियन्त्रणमा लिएको जनप्रतिनिधि र स्थानीयहरुको आरोप छ ।

बिचौलियाहरुले सोझासीधा राई दाजुभाईहरुलाई प्रयोग गरी विद्यालयको नाममा रहेको महंगो जग्गा आफैँले हत्याउन षड्यन्त्र गरेको आरोप विद्यालयका अध्यक्ष एवं स्थानीय शैलेन्द्र राई बताउँछन् ।

सरकारी जग्गा हडप्न खोज्नेहरुलाई स्थानीयबासी, विद्यार्थी र अभिभावकहरु मिलेर कालोमोसो दलेर गाउँ घुमाउनु पर्ने गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ बताउछन् । तर भण्डारीले भने व्यक्तिको नाममा पहिला जग्गा भएको पछि विद्यालयले कब्जा गरेको आरोप लगाइरहेका छन् ।

विद्यालयको जग्गा ठेक्कामा लिएका राम बहादुर राईले पहिला नै आफ्ना सम्पतिहरु बेचेर सुकुम्बासी बनेको तर, विद्यालयले गरिखान जग्गा भोगचलन गर्न दिएर बरु न्याय गरेको विद्यालयका अध्यक्ष कृष्णबहादुर राईले स्पष्ट पारे ।
जेठ १५ गते वडा कार्यालयका अध्यक्ष र सचिवलाई तर्साएर आफैँले सिफारिक लेखेर गएका नेता भण्डारीले सरकारबाट जनप्रतिनिधिकै लागि सुशासन सिकाउने कार्यक्रमसमेत पाएका र उनी आफै झाँक्री आफै बोक्सी भएको वडा सचिव रमेश कुमार गौंड बताउछन् ।

नेता साध्य बहादुर भण्डारीले भने स्कुल मार्फत सरकारलेनै गरिब सोझा–साझा व्यक्तिहरुको जग्गा कब्जा गर्न लागेको उल्टो आरोप लगाएका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Iitwye via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.