Loading...
Loading...
प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक ९डिआइजी०को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका प्रहरी उपरीक्षक चन्द्रकुमार खापुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका कमलबहादुर जिटीलाई अख्यितार अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टङ्गालमा, केदार रिजाललाई १ नं प्रदेश प्रहरी विराटनगरबाट प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा, ठाकुरप्रसाद ज्ञावलीलाई अख्तियारबाट नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

तारणीप्रसाद लम्साललाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, दानसिंह बोहरालाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा, दीपककुमार थापालाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा, पीताम्बर अधिकारीलाई ५ नं प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्सालमा, पूर्णचन्द्र जोशीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

प्रद्युम्नकुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा, विनोद शर्मा घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालय नक्सालबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, विश्वराज पोखरेललाई अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालबाट प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा र महेन्द्रकुमार पोखरेललाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनबाट प्रहरी प्रधान कार्यालय वृत्तिविकास निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।

महेशविक्रम शाहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा, शेरबहादुर बस्नेतलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरबाट ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडा, सुरज केसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल र सुरेशविक्रम शाहलाई वृत्तिविकास निर्देशनालय नक्सालबाट ५ नं प्रदेश प्र्रहरी कार्यालय दाङमा सरुवा गरिएको छ ।

सूर्यप्रसाद उपाध्यायलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर, हरिबहादुर पाललाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा र हरिभक्त प्रजापतिलाई प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्सालबाट जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा सरुवा गरिएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XO1ss4 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.