भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

ललितपुर । महानगरपालिकाले अतिक्रमण गरेर बनाएका घर टहरा र भवन भत्काउने काम सुरु गरेको छ । हिँजो मात्र काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटर भत्काएको थियो । आज आइतवार ललितपुरमा पनि डोजर चलेको छ । ललितपुरको सातदोबाटो लगनखेल सडकमा डोजरले अतिक्रमण गरेर बनाएका संरचना भत्काएको छ । मुआब्जा लिएर पनि संरचना नहटाएपछि ललितपुर महानगरपालिकाले डोजर लगाएर संरचना भत्काएको छ ।
महानगरपालिकाको १५ नम्बर वडाले १४ घरमा डोजर चलाएर संरचना भत्काएको छ । १४ घरधनीले मुआब्जा लिएर पनि अटेरी गर्दै संरचना नहटाएपछि डोजर लगाउन बाध्य भएको वडा अध्यक्ष सुदर्शन मिश्रले बताए ।
‘चार–पाँच वर्ष पहिला नै मुआब्जा लिएका भएपनि अटेरी गरेर निर्माण गरिएका संरचना भत्काइएको थिएन । ‘संरचना नहटाएपछि सडक निर्माणको काममा बाधा पुगेको भन्दै डोजर लगाइएको हो । डोजर लागेका सबै घर मापदण्ड विपरित निर्माण भएको उनको भनाइ छ।
अध्यक्ष मिश्रका अनुसार अन्य १० घरमा डोजर लगाउन अझै बाँकी छ। उनीहरुले मुआब्जा नलिएकाले भत्काउन समस्या भएको उनले बताए। उक्त सडकखण्ड विस्तारमा श्याम कारञ्जित र राजकुमार श्रेष्ठको सम्पूर्ण जग्गा सडकमा पर्छ। सातदोबाटो लगनखेलमा २२ मिटरको सडक निर्माणधिन रहेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DGaSxH via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

