क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। एक साता अगाडि क्याप्टेन लामाले एक अन्तरवार्ताका क्रममा तनाव र थकानमा उडान गर्नुपरेको बताएपछि उनलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेको थियो। लामाको जवाफ चित्तबुझ्दो नभएपछि प्राधिकरणले वायुसेवा निगमसमक्ष लामालाई दोहोरो जिम्मेवारी नदिन निर्देशन दिएको थियो।
प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको प्राधिकरणका प्रवक्ताले जानकारी दिए।
प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने पत्र निगम पठाएपछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी निगमले दिएको पौडेलले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LcKT7o via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

